Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सीमाबारे प्रधानमन्त्री शाहको अभिव्यक्तिमा परराष्ट्रमन्त्री खनालले दिल्लीमा दिए स्पष्टीकरण

सीमाबारे प्रधानमन्त्री शाहको अभिव्यक्तिमा परराष्ट्रमन्त्री खनालले दिल्लीमा दिए स्पष्टीकरण


  • 2.0K
    Shares

    सीमाबारे प्रधानमन्त्री शाहको अभिव्यक्तिमा परराष्ट्रमन्त्री खनालले दिल्लीमा दिए स्पष्टीकरण
    images

    काठमाडौं । भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश फर्किदैछन् । भारतीय समकक्षी एस जयशंकरसँग द्विपक्षीय छलफल समेत सकेपछि परराष्ट्रमन्त्री खनालले आज दिल्लीस्थित नेपाली दूतावासमा पत्रकारहरूसँग कुरा गरेका थिए । 

    खनालले प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल(भारत सीमाका विषयमा संसद्‌मा दिएको अभिव्यक्तिबारे स्पष्टीकरण दिएका छन्। 

    ‘हामीले भारत र चीन दुवैलाई औपचारिक कूटनीतिक माध्यमबाट हाम्रो धारणा व्यक्त गरिसकेका छौँ। त्यसैले त्यो दृष्टिकोणबाट हामीले दुवै देशलाई स्पष्ट रूपमा के भनेका छौँ-  त्यो (लिपुलेक-लिम्पियाधुरा) भूमि हाम्रो हो। यो हाम्रो ऐतिहासिक कुरा हो। त्यसैले यूके (बेलायत)को सन्दर्भमा प्रधानमन्त्रीले बोल्नुभएको कुरा पनि त्यही हो’, परराष्ट्रमन्त्री खनालले भने, ‘तपाईंलाई थाहा छ- यीमध्ये धेरैजसो सीमा विवाद लामो ऐतिहासिक विरासतका हिस्सा हुन्, विशेष गरी नेपाल(भारतको वर्तमान सीमा १८१६ को सुगौली सन्धिबाट आउँछ। त्यसैले प्रधानमन्त्रीज्यूले निकै प्रस्ट रूपमा जोड दिनुभएझैँ हामी टेबलमा बस्छौँ र यो विवाद कूटनीतिक संयन्त्रका माध्यमबाट समाधान हुनेछ। त्यसैले हामी हाम्रा विवाद कूटनीतिक प्रक्रियाबाटै समाधान गर्न चाहन्छौँ।’

    हामीलाई ऐतिहासिक प्रमाणको आवश्यकता पर्दा, बेलायतको पुस्तकालय वा सङ्ग्रहालयहरूमा हुन सक्ने ऐतिहासिक कागजातहरूमा पहुँच पाउन सक्छौँ कि भनेर मात्र हेर्न खोजिएको हो। हामीले तेस्रो पक्षको मध्यस्थताका लागि अनुरोध गरिरहेका थियौँ भन्ने हाम्रो अडान होइन। यदि तपाईंले उहाँले संसदमा के भन्नुभएको छ भनेर सुन्नुभयो भने प्रस्ट हुन्छ- हामी एकअर्कासँग कुरा गरेर कूटनीतिक माध्यमबाटै हाम्रा सीमा विवादहरू समाधान गर्न चाहन्छौं। नेपालको ऐतिहासिक अडान पनि यही हो र वर्तमान अडान पनि यही हो।

     

     

    प्रकाशित मिति :जेठ २४ २०८३ आइतवार - १४:०२:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij