Logo

२०८३ श्रावण १० गते आइतवार

२०८३ श्रावण १० गते आइतवार

फोटो पत्रकारका लागि दुई दिने प्राथमिक उपचार तालिम (तस्बिरहरु)

फोटो पत्रकारका लागि दुई दिने प्राथमिक उपचार तालिम (तस्बिरहरु)


  • 932
    Shares

    • images
    फोटो पत्रकारका लागि दुई दिने प्राथमिक उपचार तालिम (तस्बिरहरु)
    images

    काठमाडौं । समाचार संकलन तथा संप्रेषणका क्रममा कार्यस्थलमा खटिने फोटो पत्रकारहरूलाई लक्षित गरी दुई दिने ‘प्राथमिक उपचार तालिम’ भएको छ । सम्पादक समाज नेपालको आयोजनामा जेठ  २३ र २४ गते तालिम दिइएको हो । 

    शिवपुरी–७, तुइरेचौरस्थित गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्रमा सञ्चालन भइरहेको तालिम नेपालमा भने पहिलो पटक प्रदान गरिएको हो । जोखिमपूर्ण र चुनौतीपूर्ण अवस्थामा कार्यक्षेत्रमा खटिनुपर्ने फोटो पत्रकारहरूको सुरक्षा र आकस्मिक स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै यो तालिमको तर्जुमा गरिएको आयोजकले जनाएको छ । 

    तालिममा सहभागीहरूलाई कार्यस्थलमा आइपर्ने सक्ने सम्भावित चोटपटक वा स्वास्थ्य समस्याको प्रारम्भिक व्यवस्थापन र प्राथमिक उपचारका विधिहरूका बारेमा प्रयोगात्मक जानकारी दिइनेछ । तालिममा विभिन्न सञ्चारमाध्यममा आवद्ध १० जना फोटो पत्रकारहरुको सहभागिता रहेको छ । 

     

     

    images
    प्रकाशित मिति :जेठ २४ २०८३ आइतवार - १३:३७:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij