२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३, सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयमा सञ्चालित एन्फा फुटबल एकेडेमीका ६ जना बालक खेलाडीको पहिरोमा पुरिएर मृत्यु भएको घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको छ।
अविरल वर्षा र बाढीपहिरोको उच्च जोखिमका बीच खेलाडीहरूको व्यवस्थापन र सुरक्षामा भएको भनिएको गम्भीर लापरबाहीबारे अनुसन्धान गर्न यो समिति बनाइएको हो।
उपसमितिको सदस्यहरूमा कर्मचारी विभाग तथा प्रशासन प्रमुख शारङ्गिन निरौला, कानुन शाखा प्रमुख नारायणराज अर्याल, खेलकुद प्रतियोगिता तथा योजना विभागका विनोदकुमार उप्रेती र शिक्षा तथा खेलकुद मन्त्रालयका एकजना कानुनी अधिकृत छन् ।
उक्त समितिले २१ दिनभित्र छानबिन सकेर प्रतिवेदन बुझाउने छ । समितिले भोलि ९सोमबार० देखि २१ दिनभित्र छानबिनको प्रतिवेदन तयार पारेर राखेपलाई बुझाउनुपर्ने म्यान्डेट पाएको स्रोतले जानकारी दिएको छ ।
१२ असोज २०८१ गते मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा गएको पहिरोका कारण वडा नम्बर ३ स्थित वात्सल्यदेवी विद्यालयमा रहेको एन्फा सिस्नेरी एकेडेमीका ६ किशोर खेलाडीको निधन भएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij