Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

मलद्वारमा लुकाई ल्याएको ब्राउन सुगरसहित २ जना प्रकाउ

मलद्वारमा लुकाई ल्याएको ब्राउन सुगरसहित २ जना प्रकाउ


  • 1.1K
    Shares

    मलद्वारमा लुकाई ल्याएको ब्राउन सुगरसहित २ जना प्रकाउ
    images

    काठमाडौं । मोरङको उर्लाबारी नगरपालिका ७ गोलचोकबाट लागूऔषध (ब्राउन सुगर) सहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

    इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीले मोटरसाइकल चेकजाँच गर्ने क्रममा चालक उर्लाबारी-६ बस्ने २९ वर्षीय केशव श्रेष्ठ र पछाडि सवार उर्लाबारी ५ बस्ने २४ वर्षीय निश्चल गुरुङलाई नियन्त्रणमा लिएको हो ।

    चेकजाँचका क्रममा केशव श्रेष्ठको मलद्वारबाट प्लास्टिकसहित १८ ग्राम ९२० मिलिग्राम र प्लास्टिकबाहेक १४ ग्राम ७२० मिलिग्राम ब्राउन सुगर फेला परेको हो । त्यसैगरी, निश्चल गुरुङको मलद्वारबाट पनि प्लास्टिकसहित ११ ग्राम र प्लास्टिकबाहेक ९ ग्राम ४०० मिलिग्राम लागूऔषध फेला परेको छ ।

    दुवै जनालाई लागूऔषधसहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।  

     

    प्रकाशित मिति :जेठ २४ २०८३ आइतवार - १०:५३:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij