Logo

२०८३ श्रावण ११ गते सोमवार

२०८३ श्रावण ११ गते सोमवार

रवि लामिछाने: पार्टीमा ‘योगदान’ र पदको हिसाब खोज्ने प्रवृत्ति चिन्ताजनक

रवि लामिछाने: पार्टीमा ‘योगदान’ र पदको हिसाब खोज्ने प्रवृत्ति चिन्ताजनक


  • 855
    Shares

    • images
    रवि लामिछाने: पार्टीमा ‘योगदान’ र पदको हिसाब खोज्ने प्रवृत्ति चिन्ताजनक
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र पदोन्नतिको अपेक्षा राख्ने वा आफ्नो योगदानको हिसाब-किताब खोज्ने प्रवृत्ति मौलाउनु चिन्ताको विषय भएको बताएका छन्। उनले यस्तो प्रवृत्ति पार्टी जीवन र यसको दीर्घकालीन हितका लागि कुनै पनि हालतमा श्रेयस्कर नहुने स्पष्ट पारेका छन्।

    आगामी असार दोस्रो साता हुन गइरहेको पार्टीको पहिलो केन्द्रीय महाधिवेशनको सँघारमा सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सभापति लामिछानेले यस्तो टिप्पणी गरेका हुन्। रास्वपाले अहिले देशैभर वडा, पालिका र जिल्ला तहको अधिवेशन धमाधम सञ्चालन गरिरहेको छ । 

    स्थापनाको छोटो समयमै दलभित्र आकांक्षीहरूको व्यवस्थापनमा देखिएको चुनौतीप्रति संकेत गर्दै लामिछानेले लेखेका छन्, “स्थापनाकालमा सीमित दायरामा सहमतिका आधारमा बाँडिएका तदर्थ जिम्मेवारीलाई स्थायी मानक मानेर पदोन्नतिको अपेक्षा राख्ने वा योगदानुको हिसाब-किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन।”  

    पार्टी स्थापना भएको जम्मा चार वर्ष पुग्दै गर्दा यस्ता संकुचित प्रवृत्तिले जरा गाड्न खोज्नु गम्भीर विषय भएको उनको भनाइ छ। आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउन र दललाई सही दिशामा अगाडि बढाउन यस्ता गलत प्रवृत्तिहरूलाई समयमै सच्याउनुपर्नेमा उनले जोड दिएका छन् । 

     

     

     

    images
    प्रकाशित मिति :जेठ २३ २०८३ शनिवार - १४:२७:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij