२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । सामाजिक सञ्जाल (डिजिटल प्लेटफर्म) मा छोटो समयमै करोडौँ युवामाझ भाइरल बनेको व्यङ्ग्यात्मक राजनीतिक अभियान ‘ककरोच जनता पार्टी’शनिबार भारतको राजधानी नयाँ दिल्लीको सडकमा उत्रिएको छ।
अनलाइन माध्यममा सिर्जना भएको व्यापक जनसमर्थनलाई पहिलो पटक सडक आन्दोलनमा बदल्दै यस समूहले दिल्लीको प्रसिद्ध विरोधस्थल जन्तरमन्तरमा ठूलो प्रदर्शन गरेको हो।
भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा, शैक्षिक सुधार, र परीक्षा प्रणालीमा भएको भनिएको अनियमितताको विरोधमा यो प्रदर्शन केन्द्रित रहेको छ।
पार्टीका संस्थापक अभिजित दिपके शनिबार बिहानै अमेरिकाबाट भारत आइपुगेका हुन्। विमानस्थलबाट बाहिरिँदा उनले हातमा संविधान निर्माता डा। भीमराव अम्बेडकरको आत्मकथा समातेका थिए।
प्रदर्शनकारीहरूले भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्दै नारा लगाइरहेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij