२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । धादिङको धुनिबेशी नगरपालिका–२ का किसानहरू यतिबेला माघ र चैत महिनामा रोपिएको सयपत्री फूलबारी निखार्ने तयारीमा जुटेका छन्। धान तथा विभिन्न तरकारी खेतीको सिजन सुरु हुन लागेकाले उनीहरूले फूल खेती समापन गर्दै नयाँ बाली लगाउने तयारी गरेका हुन्।
किसानहरूका अनुसार दसैँ-तिहारको समयमा सयपत्री फूलको माग र मूल्य दुवै उच्च हुने गरे पनि अहिले अफसिजनमा मूल्य उल्लेख्य रूपमा घटेको छ। पर्वका बेला प्रतिकिलो १५० रुपैयाँसम्ममा बिक्री हुने सयपत्री फूल अहिले प्रतिकिलो ५० रुपैयाँमा बिक्री गर्न बाध्य भएको किसानहरू बताउँछन्।
मनसुन सुरु भएसँगै फूल खेतीमा थप चुनौती देखिएको छ। वर्षायाममा फूलमा रोग तथा कालो दाग लाग्ने समस्या बढ्ने भएकाले उत्पादन खेर जाने गरेको किसानहरूको भनाइ छ।





© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij