Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

रसुवागढी भन्सार जाँचपास प्रकरण: प्रमुखसहित ९ कर्मचारी विभाग तानिए

रसुवागढी भन्सार जाँचपास प्रकरण: प्रमुखसहित ९ कर्मचारी विभाग तानिए


  • 1.2K
    Shares

    रसुवागढी भन्सार जाँचपास प्रकरण: प्रमुखसहित ९ कर्मचारी विभाग तानिए
    images

    काठमाडौं । रसुवागढी नाकामा भन्सार बिन्दुमै नआएका सवारीसाधनको भन्सार जाँचपास भएको भन्ने सन्दर्भमा अर्थ मन्त्रालयले नाकाका प्रमुख भन्सार अधिकृतसहित ९ कर्मचारीलाई जिम्मेवारीबाट हटाउँदै भन्सार विभाग तानेको छ।

    अर्थमन्त्री स्वर्णिम वाग्लेका स्वकीय उपसचिव एवम् जनसम्पर्क सल्लाहकार नवीन ढुंगानाका अनुसार अर्थ मन्त्रालयद्वारा गठित छानबिन समितिले गरेको सिफारिसअनुसार थप अनुसन्धानका लागि जेठ २० गते रसुवागढी भन्सार नाकाका प्रमुख भन्सार अधिकृतसहित ९ जना कर्मचारीलाई जिम्मेवारी मुक्त गरेर भन्सार विभाग तानिएको हो।

    यो प्रकरण बाहिरिएपछि अर्थ मन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सम्मिलित संयुक्त अनुसन्धान टोलीले रसुवागढी पुगेर सीसीटीभी फुटेज, गेटपास र कागजातहरू नियन्त्रणमा लिएको छ।

    सशस्त्र प्रहरी बलको विशेष टोलीले गत जेठ २८ गते मुस्ताङको जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जालगायतका विभिन्न क्षेत्रबाट यी गाडीहरू एकसाथ नियन्त्रणमा लिएको थियो। उक्त ठुलो अप्रेसनका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ३३ गुल्म मुस्ताङ, म्याग्दी गुल्म, नम्बर २५ चण्डिका गण पर्वत तथा नम्बर २४ कालिका गण कास्कीबाट विशेष टोलीहरू परिचालन गरिएको थियो।     

    प्रकाशित मिति :जेठ २३ २०८३ शनिवार - १०:२८:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij