Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले

उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले


  • 1.2K
    Shares

    उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले
    images

    काठमाडौं । प्रहरी प्रधान कार्यालय (हेडक्वार्टर) ले आफ्नो अघिल्लो निर्णय उल्ट्याउँदै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेश काफ्लेलाई पठाउने निर्णय गरेको छ।  

    यसअघि गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री बालेन्द्र शाहले शान्तिराज कोइरालालाई सरुवा गर्ने निर्णय गरे पनि उक्त सरुवा विवादमा परेको थियो। 

    विवादकै कारण कोइरालालाई प्रहरी प्रधान कार्यालय लगेर त्यहाँ कार्यरत एसएसपी काफ्लेलाई काजमा उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खटाउने निर्णय भएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ। उपत्यकाको ट्राफिक कमान्ड सम्हाल्न लागेका काफ्लेले छिट्टै कार्यभार सम्हाल्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

    प्रकाशित मिति :जेठ २२ २०८३ शुक्रवार - १३:३१:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij