Logo

२०८३ श्रावण ११ गते सोमवार

२०८३ श्रावण ११ गते सोमवार

राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको जिम्मेवारी दिन सुझाव

राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको जिम्मेवारी दिन सुझाव


  • 820
    Shares

    • images
    राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको जिम्मेवारी दिन सुझाव
    images

    काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको समेत कार्यसम्पादन गर्ने गरी जिम्मेवारी दिनका लागि संविधान संशोधन गर्न सुझाव दिएको छ ।

    प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार अशिम शाह नेतृत्वको संविधान संशोधन कार्यदललाई निर्वाचन आयोगले संविधान संशोधन गर्दा यस्तो व्यवस्था गर्न सुझाव दिएको हो ।

    नेपालको संविधानको धारा ६७ मा उपराष्ट्रपति सम्बन्धी व्यवस्था छ । जसलाई आयोगले संशोधन गरेर ‘राष्ट्रिय सभाको अध्यक्षले उपराष्ट्रपतिको समेत कार्यसम्पादन गर्ने’ व्यवस्था गर्न भनिएको छ । यसरी संविधान संशोधन गरिए राष्ट्रिय सभाको गरिमा र निष्पक्षता कायम गर्दै कार्यपालिका र संसद् बिचको समन्वय प्रभावकारी बनाउन सकिने निर्वाचन आयोगको ठहर छ । 

     

    images
    प्रकाशित मिति :जेठ २२ २०८३ शुक्रवार - १२:५३:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij