Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सडक विभागको नयाँ योजना: देशभर वातावरणमैत्री र हरित सडक निर्माण गरिने

सडक विभागको नयाँ योजना: देशभर वातावरणमैत्री र हरित सडक निर्माण गरिने


  • 1.6K
    Shares

    सडक विभागको नयाँ योजना: देशभर वातावरणमैत्री र हरित सडक निर्माण गरिने
    images

    काठमाडौं । सडक विभागले सडक पूर्वाधार विकाससँगै वातावरणीय सन्तुलन र हरित प्रवद्र्धनलाई उच्च प्राथमिकतामा राख्ने प्रतिवद्धता व्यक्त गरेको छ । विश्व वातावरण दिवसको अवसरमा काठमाडौंमा वृक्षारोपण कार्यक्रममा विभागका महानिर्देशक डा। विजय जैसीले यस्तो जानकारी दिए हो ।

    महानिर्देशक डा। जैसीले विभागको जिम्मेवारी सडक निर्माणमा मात्र सिमित नरही जलवायु अनुकूलन (क्लाइमेट रेजिलेन्स) र हरित मार्ग निर्माणमा केन्द्रित रहेको बताए । सडकका वरपर हरियाली प्रवद्र्धन गर्न विभागको आफ्नै कार्यविधि रहेको उल्लेख गर्दै उनले पछिल्लो समय विश्व बैंक र एशियाली विकास बैंक (एडिबी) जस्ता दातृ निकायहरूले पनि हरित सडकको अवधारणालाई महत्वका साथ अघि सारेको जानकारी दिए । जैसीकाअनुसार काठमाडौं उपत्यकामा मात्र नभई देशभर नै यस्ता वातावरणमैत्री सडक निर्माण र हरियाली प्रवद्र्धनका कार्यक्रमहरू विस्तार गरिनेछ । 

    महानिर्देशक जैसीले भने , ‘सडक विभागले केवल भौतिक पूर्वाधार मात्र बनाउने होइन, वातावरणलाई समेत ध्यान दिएर जलवायु अनुकूलनका आधारमा हरित मार्ग निर्माण गर्ने संस्कृतिलाई अघि बढाउँदै आएको छ । यो कार्यक्रमलाई हामीले एउटा ‘केस स्टडी’का रूपमा अघि बढाएका हौँ ।’

    सडक डिभिजन काठमाडौंका प्रमुख एवं सिनियर डिभिजन इन्जिनियर सुवोधकुमार देवकोटाले विकास र वातावरणलाई परिपूरकका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए। विकास निर्माणका क्रममा वातावरण ओझेलमा पर्ने गरेको विगतको अभ्यासलाई सुधार्दै अबका प्रत्येक सडक आयोजनामा वातावरणमैत्री अवधारणा अनिवार्य रूपमा लागू गरिने उनको भनाइ छ । आजमात्रै काठमाडौंका सडकमा करिव २ सय बिरुवा रोपेको बताए । 

    डिभिजन प्रमुख देवकोटाले भने, ‘सडक निर्माण गर्दा विनाश मात्र हुन्छ भन्ने आम सन्देशलाई चिर्न हामीले वातावरणमैत्री सडक निर्माणको अभियान शुरु गरेका हौँ । यसै उपलक्ष्यमा आज हामीले करिव २०० बिरुवा रोपण गरेका छौँ र तिनको संरक्षणको जिम्मेवारी पनि लिएका छौँ ।’

    विश्व वातावरण दिवसको सन्दर्भमा आयोजित यस कार्यक्रमले सडक पूर्वाधार र पर्यावरणबीच सन्तुलन कायम गर्दै दिगो विकासको लक्ष्य हासिल गर्न सघाउ पुग्ने विश्वास विभागले लिएको छ ।

    प्रकाशित मिति :जेठ २२ २०८३ शुक्रवार - १२:४३:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij