Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

बाघसँग मोटरसाइकल ठोकिँदा चालक घाइते

बाघसँग मोटरसाइकल ठोकिँदा चालक घाइते


  • 1.1K
    Shares

    बाघसँग मोटरसाइकल ठोकिँदा चालक घाइते
    images

    काठमाडौं । चितवनमा बाघसँग मोटरसाइकल ठोकिँदा एक जना घाइते भएका छन्। माडी नगरपालिका-९ रातोमाटे डाँडामा बिहीबार माडीबाट ठोरीतर्फ जाँदै गरेको मोटरसाइकल बाघसँग ठोक्किएको प्रहरीले जनाएको हो। 

    दुर्घटनामा पर्साकै ठोरी गाउँपालिका-१ निवासी अन्दाजी ४० वर्षीय अजित कुँवर घाइते भएका जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। 

    दुर्घटनामा उनको बायाँ पाखुरा र टाउकोमा चोट लागेको छ। घाइतेलाई स्वास्थ्य चौकी चोकबजार, ठोरीमा सामान्य उपचार गरे पश्चात थप उपचारका लागि वीरगञ्ज पठाइएको छ।  

    तीव्र गतिमा रहेको मोटरसाइकलमा बाघले झम्टिँदा दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

    प्रकाशित मिति :जेठ २२ २०८३ शुक्रवार - १२:१३:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij