Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

शेन्जेन–काठमाडौँ सिधा उडान सुरु: एकै दिन भित्रिए १७५ चिनियाँ पर्यटक

शेन्जेन–काठमाडौँ सिधा उडान सुरु: एकै दिन भित्रिए १७५ चिनियाँ पर्यटक


  • 792
    Shares

    शेन्जेन–काठमाडौँ सिधा उडान सुरु: एकै दिन भित्रिए १७५ चिनियाँ पर्यटक
    images

    काठमाडौं । नेपालको एक मात्र निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एअरलाइन्सले नेपालको राजधानी काठमाडौँ र चीनको ‘सिलिकन भ्याली’का नामले प्रख्यात शेन्जेनबिच ऐतिहासिक सिधा उडान सेवा सुरु गरेको छ । हवाई सञ्जाल विस्तार गर्ने र चिनियाँ पर्यटक बढाउने लक्ष्यसहित यो नयाँ गन्तव्यमा नियमित उडान थालिएको हो।

    हिमालय एअरलाइन्स्ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट शेन्जेनस्थित शेन्जेन बाओ’आन अन्तर्राष्ट्रिय विमानस्थलमा साप्ताहिक दुई सिधा उडानहरू सेवा आरम्भ गरेको छ । काठमाडौँबाट शेन्जेनका लागि प्रत्येक मङ्गलबार र बिहीबार प्रस्थान उडान हुनेछ भने शेन्जेनबाट काठमाडौँका लागि फर्कने उडान प्रत्येक बुधबार र शुक्रबार सञ्चालन हुने भएको छ ।

    नयाँ रुटको पहिलो उडानबाटै एकै दिन १७५ जना चिनियाँ पर्यटक नेपाल आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका ती चिनियाँ पर्यटकहरूलाई हिमालय एअरलाइन्सका उच्च अधिकारी, पर्यटन बोर्डका प्रतिनिधि र पर्यटन व्यवसायीहरूले भव्य स्वागत गरेका थिए।

     नेपाल ओर्लँदा चिनियाँ पर्यटकहरू निकै उत्साहित देखिन्थे।शेन्जेन चीनको प्रविधि र व्यापारिक हब मानिन्छ। यो सहरबाट सिधा उडान सुरु भएसँगै नेपाल आउने चिनियाँ पर्यटकहरूको संख्यामा उल्लेख्य वृद्धि हुने विश्वास लिइएको छ। 

    हिमालय एअरलाइन्सले यसअघि पनि चीनका विभिन्न प्रमुख सहरहरूमा सफल उडान भर्दै आएको छ।कम्पनीका अनुसार यो सिधा उडानले दुई देशबीचको व्यापार, पर्यटन र सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाउनेछ। विशेष गरी नेपालको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न र गुणस्तरीय पर्यटक भित्र्याउन शेन्जेन–काठमाडौँ उडान कोसेढुङ्गा सावित हुने पर्यटन व्यवसायीहरूको बुझाइ छ।

    प्रकाशित मिति :जेठ २२ २०८३ शुक्रवार - १२:०३:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij