Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

छोरी–ज्वाइँको कुटपिटबाट ८० वर्षीया वृद्धा आमा घाइते

छोरी–ज्वाइँको कुटपिटबाट ८० वर्षीया वृद्धा आमा घाइते


  • 904
    Shares

    छोरी–ज्वाइँको कुटपिटबाट ८० वर्षीया वृद्धा आमा घाइते
    images

    काठमाडौं । तेह्रथुम जिल्लाको आठराई गाउँपालिका–५ छातेढुंगा अर्चलेमा आफ्नै छोरी र ज्वाइँको कुटपिटबाट एक वृद्धा गम्भीर घाइते भएकी छन्।

    स्थानीय ८० वर्षीया चतुरमाया तामाङलाई उनकी छोरी इन्दिरा तामाङ र ज्वाइँ पाँचथरको हिलिहाङ गाउँपालिका–१ स्थायी घर भई हाल छातेढुंगामै बसोबास गर्दै आएका टंकबहादुर तामाङले मंगलबार कुटपिट गरी घाइते बनाएको प्रहरीले जनाएको छ।

    कुटपिटबाट घाइते भएकी वृद्धाको अनुहार सुन्निएको छ भने आँखामा समेत गम्भीर चोट लागेको छ। उनको पॅाचथरको फिदिममा उपचार भइरहेको बताइएको छ।

    घटनापछि इलाका प्रहरी कार्यालय, सक्रान्ति बजारले आरोपित छोरी र ज्वाइँलाई तत्काल पक्राउ गरेको छ। पक्राउ परेका दुवैलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, तेह्रथुम पठाइएको छ।

    घटनासम्बन्धी अभद्र व्यबहारमा मुद्दा दर्ता भइसकेको र थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

    प्रकाशित मिति :जेठ २२ २०८३ शुक्रवार - ११:५१:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij