Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सम्पर्क विहीन कर्मचारी खोज्दै सरकार हाजिर हुन ३ दिनको अल्टिमेटम

सम्पर्क विहीन कर्मचारी खोज्दै सरकार हाजिर हुन ३ दिनको अल्टिमेटम


  • 1.1K
    Shares

    सम्पर्क विहीन कर्मचारी खोज्दै सरकार हाजिर हुन ३ दिनको अल्टिमेटम
    images

    काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अध्ययन वा असाधारण बिदासम्बन्धी अभिलेख राष्ट्रिय किताबखाना (निजामती)मा अद्यावधिक नभएका कर्मचारीलाई उक्त कार्य तत्काल गर्न निर्देशन दिएको छ । सूचना प्रकाशन भएको मितिले तीन दिनभित्र अनिवार्य रूपमा आफ्नो अभिलेख अद्यावधिक गराउन भनिएको छ ।

    यस्तै, सबै मन्त्रालय, आयोग, सचिवालय तथा केन्द्रीयस्तरका कार्यालयहरूलाई आफ्नो निकायबाट विभिन्न समयमा अध्ययन वा असाधारण बिदा स्वीकृत भएका कर्मचारीको विवरण यकिन गर्न आग्रह गरिएको छ ।

    बिहीबार (जेठ २१) सूचना जारी गर्दै मन्त्रालयले अध्ययन वा असाधारण बिदा समाप्त भएपछि पनि हाजिर नभएका तथा लामो समयदेखि कार्यालयको सम्पर्कमा नरहेका कर्मचारीको हकमा कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने संकेत समेत दिएको छ ।

    सरकारले निजामती सेवामा अभिलेख व्यवस्थापनलाई व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन तथा कर्मचारीको वास्तविक अवस्थाबारे अद्यावधिक विवरण सुनिश्चित गर्न यो सूचना जारी गरिएको जनाएको छ ।

    bigyapti-1780633433.jpeg
     

    प्रकाशित मिति :जेठ २२ २०८३ शुक्रवार - १०:३८:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij