२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । सशस्त्र प्रहरी बलका १५ जना वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ भने ८ जना एसएसपीको पदस्थापना गरिएको सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले जनाएको छ।
एसएसपी विनोद राज श्रेष्ठलाई सशस्त्र प्रहरी बल नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबारमा ल्याइएको छ।
सशस्त्रको प्रधान कार्यालयको मानवस्रोत विभागमा रहेका भूपेन्द्र केसीलाई भण्डार महाशाखामा र कार्य विभागमा सुधीर जंग थापालाई सरुवा गरिएको छ। सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोमा किरण ढुङ्गानालाई सरुवा गरिएको सूचनामा उल्लेख छ।
सीमा सुरक्षा विभागमा रहेका रबिन राज कर्णजितलाई कार्य विभागमा र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा कार्यरत भरत खनियालाई सीमा सुरक्षा विभागमा लगिएको छ।
कमल प्रसाद तिउसीना, उद्धव बहादुर न्यौपाने, गंगाराम श्रेष्ठ, विकास घिमिरे, यादव विश्वकर्मा, टोप बहादुर खनाल र अशोक कुमार बम पनि सरुवा भएका छन्।
त्यसैगरी एसएसपी जहार सिंह बुढा मगरलाई एपीएफ कमाण्ड तथा स्टाफ कलेज र जनक पुरीलाई यूएन शान्ति स्थापना तालिम शिक्षालय ककनीमा सरुवा गरिएको छ। प्रधान कार्यालयले ८ जना एसएसपीहरुको विभिन्न बाहिनी र विभागहरुमा पदस्थापना गरेको छ।
एसएसपी दीपक कुमार थापा, प्रबन्ध महाशाखा, प्रधान कार्यालय, सुधीर सुवेदी मानवस्रोत विभाग, प्रधान कार्यालय, महेश केसी नम्बर १ बराह बाहिनी मुख्यालय, सुनसरी, प्रकाश कुमार सुवेदी नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय, सुर्खेत,चित्राङ्गत दाहाल नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय, कैलाली, सुभाष भण्डारी नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरी, प्रदिप सिंह कार्की नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्यालय, कास्की, र संजय भट्टराई नम्बर ३ गढीमाई बाहिनी मुख्यालय, मकवानपुरमा पदस्थापना भएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij