Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

गोरूमाथि निर्दयी व्यवहार गर्ने युवक पक्राउ

गोरूमाथि निर्दयी व्यवहार गर्ने युवक पक्राउ


  • 1.2K
    Shares

    गोरूमाथि निर्दयी व्यवहार गर्ने युवक पक्राउ
    images

    प्युठान । प्युठान प्रहरीले गोरूमाथि निर्दयी व्यवहार गर्ने एक जना युवकलाई पक्राउ गरी कानुनी कारबाहीको प्रक्रिया सुरू गरेको छ। गौमुखी गाउँपालिका–१ का ३६ वर्षीय जालिराम थापा मगर पक्राउ परेका हुन्। 

    करिब ५ दिनअघि मगरले आफ्नो खेत बारी जोत्दै गर्दा एउटा कालो रंगको गोरू बसेपछि त्यसमाथि निर्दयी व्यवहार गरेका थिए। 

    जोत्दा जोत्दै बारीमा बसेको गोरूको नाक र मुख माटोमा गाडिदिने, स्वास फेर्न नदिने, कुटपिट गर्ने जस्ता व्यवहार मगरले गोरूमाथि गरेका थिए। मगरले गोरूमाथि गरेको निर्दयी व्यवहारको भिडिओ सामाजिक संजालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको थियो। 

    अनुसन्धानपछि मगरलाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको प्यूठानका प्रवक्ता प्रहरी निरीक्षक हरि भट्टराईले बताए।

    प्रहरी हिरासतमा रहेका मगरलाई स्थानीय प्रशासनले पाँच दिन थुनामा राखेर घटना अनुसन्धान गर्न अनुमति प्रदान गरेको छ। मगरमाथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २७ को दफा २९० बमोजिम पशुपन्छीप्रति निर्दयी व्यवहार कसुरमा मुद्दा चलाउने गरी अनुसन्धान भइरहेको प्रहरी निरीक्षक भट्टराईले बताए।

    प्रकाशित मिति :जेठ २१ २०८३ बिहिवार - १६:२९:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij