Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा सवारीसाधन नियन्त्रणमा

भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा सवारीसाधन नियन्त्रणमा


  • 1.9K
    Shares

    भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा सवारीसाधन नियन्त्रणमा
    images

    काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले भन्सार छलेको आशङ्कामा मुस्ताङको कोरोला नाकाबाट भित्रिएका ७७४ वटा विद्युतीय सवारीसाधन नियन्त्रणमा लिएको छ ।

    मुस्ताङको जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जाबाट गएराति ती गाडी नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिए ।

    गाडी नियन्त्रणमा लिन सशस्त्र प्रहरी बल नेपाल नं ३३ गुल्म मुस्ताङ, म्याग्दी गुल्म, नं २५ चण्डिका गण पर्वत, नं २४ कालिका गण कास्कीबाट सुरक्षाकर्मी परिचालन भएका थिए ।

    यसैगरी, नुवाकोटको पासाङल्हामु सडकबाट पनि दुई वटा गाडी नियन्त्रणमा लिइएको छ ।

    प्रकाशित मिति :जेठ २१ २०८३ बिहिवार - १०:५५:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij