Logo

२०८३ कार्तिक १६ गते सोमवार

२०८३ कार्तिक १६ गते सोमवार

सगरमाथा आधार शिविर क्षेत्रमा हराइरहेका दावा शेर्पा एक सातापछि जीवितै भेटिए

सगरमाथा आधार शिविर क्षेत्रमा हराइरहेका दावा शेर्पा एक सातापछि जीवितै भेटिए


  • 687
    Shares

    सगरमाथा आधार शिविर क्षेत्रमा हराइरहेका दावा शेर्पा एक सातापछि जीवितै भेटिए
    images

    काठमाडौँ । सगरमाथा आधार शिविर क्षेत्रमा एक सातादेखि हराइरहेका पर्यटन श्रमिक हिलारी भनिने दावा शेर्पा आज बिहान गम्भीर बिरामी अवस्थामा भेटिएका छन् ।

    सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपीसीसी)का कामदाहरुले उनलाई आइसफल क्षेत्रबाट आधार शिविरतर्फ घस्रिदै आइरहेको अवस्थामा फेला पारेर उद्दार गरेको पर्यटन बोर्डका पूर्व सदस्य ङावाङिमा शेर्पाले जानकारी दिए ।

    आरोही पर्यटकहरुको सहयोगीका रुपमा गएका ओखलढुंगा खिजिदेम्बा गाउँपालिकाका शेर्पा एक सातअघि आधार शिविर फर्किने क्रममा हराएका थिए । उनको खोजीका लागि सगरमाथाको तेस्रो शिविर आसपास हेलिकोप्टरबाट खोजी गर्दा समेत भेटिएका थिएनन् ।

    उनी आज बिहान खुम्बु आइसफल क्रयाम्पन पोइन्ट छेउबाट आधार शिविरतर्फ घस्रिदै आएको अवस्थामा एसपीसीसीका कामदारले देखेर उद्दार गरेको कार्यकारी निर्देशक छिरिङ शेर्पाले जानकारी दिए । हिउँले खुट्टा र हात खाएको अवस्थामा भेटिएका उनलाई प्रारम्भिक उपचार र खाना दिइएको छ ।

    उनको अवस्था स्थिर रहेको र हेलिकोप्टरबाट उद्दार गरिने बताइएको छ । पर्वतरोहण क्षेत्रका व्यक्तिहरुले उनी एक सातापछि जीवितै भेटिएको घटनालाई चमत्कार भनेका छन् ।

    प्रकाशित मिति :जेठ २१ २०८३ बिहिवार - १०:३१:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij