Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

भक्तपुरको विद्यालयमा ‘भीषण’ आगलागी, दुई तला क्षतिग्रस्त

भक्तपुरको विद्यालयमा ‘भीषण’ आगलागी, दुई तला क्षतिग्रस्त


  • 2.4K
    Shares

    भक्तपुरको विद्यालयमा ‘भीषण’ आगलागी, दुई तला क्षतिग्रस्त
    images

    भक्तपुर । भक्तपुर नगरपालिका लिवालीस्थित ख्वप्रिङ इंग्लिस सेकेन्डरी स्कुलमा आगलागी हुँदा ठूलो क्षति भएको छ ।

    आगलागीबाट विद्यालयको दुई तलामा पूर्ण रूपमा क्षति पुगेको र पाँचवटा कक्षाकोठा जलेर नष्ट भएको विद्यालयका प्रधानाध्यापक विनोद प्रजापतिले जानकारी दिए ।

    आगलागीबाट करिब ५० लाख रुपैयाँबराबरको क्षति भएको छ । विद्युत् सर्टका कारण आगलागी भएको हुन सक्ने अनुमान छ ।

    हाल जलेका सामग्री हटाउने र सरसफाइको कार्य सुरु गरिएको छ । धेरै दिन पठनपाठन अवरुद्ध हुन नदिने गरी काम भइरहेको विद्यालय प्रशासनले जनाएको छ ।

    क्षतिको विस्तृत विवरण संकलन जारी रहेको प्रहरी वृत्त जगातीले जनाएको छ ।

    प्रकाशित मिति :जेठ २१ २०८३ बिहिवार - १०:०३:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij