Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

भक्तपुरमा ट्र्याक्टर दुर्घटना : २ को मृत्यु, ९ जना घाइते

भक्तपुरमा ट्र्याक्टर दुर्घटना : २ को मृत्यु, ९ जना घाइते


  • 2.9K
    Shares

    भक्तपुरमा ट्र्याक्टर दुर्घटना : २ को मृत्यु, ९ जना घाइते
    images

    काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका -८ मञ्जुश्री गुम्बानजिकै मजदुर बोकेको ट्र्याक्टर दुर्घटना भएको छ । ढलान सकेर भक्तपुरतर्फ मजदुर बोकेर फर्किँदै गरेको ट्र्याक्टर दुर्घटनामा परेको हो ।

    दुर्घटना भएको ट्र्याक्टर पल्टिएर च्यापिँदा मजदुरको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

    भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काका अनुसार कलमसिस्थित एक होटलमा ढलान सकेर १२ जना ‍मजदुर बोकेर फर्कँदै गरेको ट्र्याक्टर ब्रेक फेल भई दुर्घटनामा परेको हो ।

    घाइते मजदुरहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको उनको भनाइ छ ।

    प्रकाशित मिति :जेठ २१ २०८३ बिहिवार - ०५:१९:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij