२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । सशस्त्र प्रहरी बलको मुख्यालय हलचोकस्थित सवारी शाखामा आगलागी भएको छ।
गत शुक्रबार साँझ भएको आगलागीमा अतिरिक्त महानिरीक्षक चढ्ने एउटा गाडीसहित ९ वटा गाडी जलेको सशस्त्र प्रहरी स्रोतले जानकारी दिएको छ।
साँझ मोटरसाइकलबाट आगालागी सुरु भएको सशस्त्र प्रहरीले आशंका गरेपनि शंकास्पद देखिएको छ।
केही विद्युतीय गाडीमा क्षति पुगेको र आगो आधाघण्टाजतिमा नियन्त्रणमा लिएको सशस्त्र प्रहरी प्रवक्ता विष्णुप्रसाद भट्टले बताए। उनले एआईजीको गाडी नजिकै रहेपनि क्षति नभएको दाबी गरेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij