२०८३ आश्विन १ गते बिहिवार
१. राज्य संयन्त्रलाई संयमित रहन एमाले अध्यक्ष ओलीको चेतावनीः वर्तमान व्यवस्थालाई ‘अराजक तन्त्र’ को संज्ञा
नेकपा (एमाले) का अध्यक्ष एवंपूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राज्य संयन्त्रमा रहेका व्यक्ति तथा निकायहरूलाई आफ्नो अधिकारको दुरुपयोग नगर्न र संयमित रहन चेतावनी दिनुभएको छ । बुधवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो । अध्यक्ष ओलीले समय र परिस्थिति सधैँ एकैनासको नरहने उल्लेख गर्दै राज्यका जिम्मेवार ओहोदामा रहेकाहरूलाई ‘उत्ताउलिएर’ अगाडि नबढ्न सचेत गराउनु भयो । नेपालको राजनीतिक इतिहास स्मरण गर्दै उहाँले राणा शासन, पञ्चायती तानाशाही र राजतन्त्रजस्ता शक्तिशाली व्यवस्थाहरू त ढलेको अवस्थामा वर्तमान ’अराजक तन्त्र’ लामो समय नटिक्ने दाबी गर्नुभयो । अध्यक्ष ओलीले गत भदौ २३ र २४ गते भएका आगजनी तथा राष्ट्रिय सम्पती विनाशका घटनाहरूप्रति सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले राष्ट्रव्यापी रूपमा भएका यस्ता उपद्रवकारी र आपराधिक क्रियाकलापलाई सरकारले सामान्य रूपमा लिएर बेवास्ता गर्न खोजेको आरोप लगाउनु भयो ।
२. मनसुनजन्य स्वास्थ्य जोखिम सामना गर्न देशभर ‘¥यापिड रेस्पोन्स टिम’ तयारी अवस्थामा
मनसुन शुरु हुन तीन हप्ता मात्रै बाँकी रहँदा मौसमजन्य स्वास्थ्य समस्या हुन नदिन स्वास्थ्य मन्त्रालयले देशभरका सबै स्थानीय तहहरूमा तालिमप्राप्त चिकित्सक र स्वास्थ्यकर्मीसहितको द्रुत प्रतिकार्य टोली तयारी अवस्थामा राखेको जनाएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहायक प्रवक्ता डा. समिरकुमार अधिकारीले यस्तो जानकारी दिनुभएको हो । उहाँकाअनुसार मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहका निकायहरूसँग समन्वय गरी मनसुनजन्य विपद् तथा त्यसबाट उत्पन्न हुनसक्ने स्वास्थ्य समस्याको सामना गर्न विशेष कार्ययोजना बनाएको छ । उक्त कार्ययोजना कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको उहाँको भनाइ छ । उहाँले बढ्दो तापक्रम, आद्र्रता र निरन्तर वर्षाका कारण विभिन्न प्रकारका संक्रामक रोग फैलिने सम्भावना उच्च रहने उल्लेख गर्दै त्यसको प्रतिकार्यका लागि सरकार तयारी अवस्थामा रहेको बताउनु भयो । उहाँले मनसुनको समयमा खानेपानीका स्रोतहरू दुषित हुनसक्ने, बाढी तथा डुबानका कारण फोहोर पानी खानेपानीका मुहानमा मिसिन सक्ने तथा सरसफाई व्यवस्थापन प्रभावित हुनसक्ने भएकाले स्वास्थ्य चुनौती थप जटिल बन्नसक्ने बताउनु भयो । उहाँले यी जोखिमलाई मध्यनजर गर्दै सरोकारवाला निकायहरूसँग सहकार्य गरी राष्ट्रिय स्तरमा मनसुन पूर्वतयारी कार्ययोजना लागू गरिसकिएको बताउनु भयो ।
३. भदौ २३ र २४ को घटना सरकार ढाल्ने पूर्वनियोजित षड्यन्त्र थियोः अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ गतेका घटनाहरू सामान्य आन्दोलन वा क्रान्ति नभई तत्कालीन सरकारलाई विस्थापित गर्न रचिएको पूर्वनियोजित षड्यन्त्र भएको बताउनुभएको छ । अध्यक्ष ओलीले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनको सार संक्षेपलाई उद्धृत गर्दै ती घटनाहरू प्रायोजित र आपराधिक क्रियाकलापको हिस्सा भएको दाबी गर्नुभएको हो । संवैधानिक र लोकतान्त्रिक रूपमा बलियो तथा जननिर्वाचित बहुमत प्राप्त सरकारलाई कानूनी र संसदीय प्रक्रियाबाट ढाल्न नसकेपछि अवैधानिक र आपराधिक मार्ग अपनाइएको ओलीको तर्क छ । उहाँले ती घटनाहरूको पृष्ठभूमिमा लामो समयदेखि तालिम र तयारी गरिएको समेत उल्लेख गर्नुभयो । ओलीकाअनुसार आगो लगाउने विधि, पेट्रोल बम निर्माण र प्रज्वलनशील पदार्थलाई थप घातक बनाउने जस्ता प्राविधिक तयारीहरू पहिले नै गरिएका थिए । यो कुनै आकस्मिक घटना नभई सुनियोजित रूपमा अघि बढाइएको उहाँको भनाइ छ । अध्यक्ष ओलीले लोकप्रिय नेताहरूलाई अलोकप्रिय बनाउन र उनीहरूका विरुद्ध झुटा तथा बनावटी आरोपहरू लगाउने प्रपञ्च समेत सोही योजनाको हिस्सा भएको जिकिर गर्नुभयो ।
४. प्रधानमन्त्रीका अभिव्यक्ति राष्ट्रघाती र कुटनीतिक मर्यादा विपरितः अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रधानमन्त्रीले दिएको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसलाई ‘राष्ट्रघाती’ र ‘देशद्रोही’ को संज्ञा दिनुभएको छ । प्रधानमन्त्रीले संसदमा बिना कुनै पूर्वकार्यतालिका उपस्थित भई नेपालले भारतको सीमा मिचेको भनी दिएको बयानप्रति ओलीले असन्तुष्टि व्यक्त गर्नुभएको हो । प्रधानमन्त्रीको सदनमा आकस्मिक उपस्थितिलाई लिएर टिप्पणी गर्दै प्रधानमन्त्री बालेन्द्र साहले संसदको रोष्टमबाट नेपालले भारतको धेरै ठाउँमा सीमाना मिचेको छ भन्नुभएको र यो पूर्णतः असत्य, झुट र राष्ट्रघाती वचन भएको बताउनु भयो । नेपालले भारतको एक इन्च जमिन पनि नमिचेको स्पष्ट पार्नुभयो । उहाँले यस्तो गम्भीर र भ्रामक कुरा प्रधानमन्त्री जस्तो जिम्मेवार ओहोदामा बसेको व्यक्तिले बोल्नु देशको अहितमा रहेको जिकिर गर्नुभयो । अध्यक्ष ओलीले द्विपक्षीय सीमा समस्या समाधानका लागि तेस्रो मुलुक (बेलायत) लाई संलग्न गराउने प्रधानमन्त्रीको प्रश्तावलाई समेत अदूरदर्शी र अकुटनीतिक कदमको रूपमा व्याख्या गर्नुभयो । नेपालको परराष्ट्र नीति र राष्ट्रिय हितका विषयहरू कुनै व्यक्तिको निजी सम्पती नभएको उल्लेख गर्दै ओलीले स्थापित नीतिहरूलाई भवितव्यले पदमा पुगेका व्यक्तिले मनलाग्दी ढंगले चलाउन नमिल्ने चेतावनी दिनुभयो ।
५. पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरणबारे अध्यक्ष ओलीको स्पष्टोक्तिः ‘हार–जितको विषय बनाउन आवश्यक छैन’
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरणको विषयलाई लिएर भ्रम नछर्न आग्रह गर्नुभएको छ । भण्डारीको सदस्यता पुनर्बहाली भएको सन्दर्भमा विभिन्न टिकाटिप्पणी भइरहेका बेला अध्यक्ष ओलीले सो कुरा स्पष्ट पार्नुभएको हो । बुधवार पार्टीको कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले भण्डारीले वि.सं. २०३७ सालदेखि नै पार्टीको सदस्य रहेको र २०३४ सालदेखि आन्दोलनमा सक्रिय रहँदै आएको ऐतिहासिक तथ्यलाई भुल्न नहुने बताउनु भयो । राष्ट्रपति पदमा निर्वाचित भएपछि सो पदको गरिमा, तटस्थता र संवैधानिक व्यवस्था बमोजिम उहाँले पार्टी सदस्यता त्याग्नुभएको उहाँले बताउनु भयो ।
६. पार्टी पुनर्गठन गर्ने एमालेको तयारी
नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले गत वर्षको फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले सोचेअनुरूप परिणाम प्राप्त गर्न नसकेको स्वीकार गर्दै सांगठनिक पुनर्गठनको प्रक्रिया अघि बढाइने बताउनुभएको छ । निर्वाचनमा व्यहोरेको पराजयलाई ‘गम्भीर धक्का’ का रूपमा चित्रण गर्दै उहाँले यसलाई अस्थायी असफलतामा सिमित राखेर पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने उद्घोष गर्नुभएको हो । पार्टीको पछिल्लो बैठकका निर्णयहरूबारे जानकारी दिँदै उपाध्यक्ष पौडेलले निर्वाचनमा प्राप्त परिणामका आन्तरिक र वाह्य कारणहरूको गम्भीर समीक्षा भइरहेको बताउनु भयो । उपाध्यक्ष पौडेलले पार्टी हालको अवस्था र कार्यशैलीबाट मात्र अगाडि बढ्न नसक्ने निष्कर्षमा पुगेको जानकारी दिनुभयो । सचिवालयको पछिल्लो बैठकले पार्टीको सांगठनिक जीवनलाई पुनर्गठित गर्ने निर्णय गरेको उल्लेख गर्दै उहाँले त्यसका लागि आवश्यक गृहकार्य शुरु भइसकेको बताउनु भयो ।
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सचिवालय बैठकले निर्वाचनको विस्तृत समीक्षा गर्न र पार्टी पुनर्गठनसम्बन्धी ठोस प्रश्ताव तयार पार्न एक कार्यदल समेत गठन गरेको छ । उक्त कार्यदलले तयार पार्ने प्रतिवेदन र प्रस्तावका आधारमा एमालेले आगामी रणनीति तय गर्ने उहाँको भनाइ छ ।
७. नेपालको कम्युनिस्ट आन्दोलन इतिहासकै कठिन मोडमा छ, धुलो टकटकाएर फेरि उठ्छौँः विष्णु पौडेल
नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले नेपालको कम्युनिस्ट आन्दोलनले इतिहासकै सबैभन्दा गम्भीर धक्का र पराजय व्यहोरेको स्वीकार गर्नुभएको छ । पछिल्लो राजनीतिक घटनाक्रम र निर्वाचनको परिणामलाई केन्द्रित गर्दै उहाँले आन्दोलनले ठूलो क्षति भोगेको बताउनुभएको हो । उपाध्यक्ष पौडेलले वि.सं. २००६ सालदेखि हालसम्मको इतिहासलाई मूल्याङ्कन गर्दा अहिलेको अवस्था सबैभन्दा चुनौतीपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले भदौ २३ र २४ गतेका घटनाक्रमदेखि फागुन २१ को निर्वाचनसम्म आइपुग्दा पार्टीले ठूलो धक्का बेहोर्नुपरेको टिप्पणी गर्नुभयो । उपाध्यक्ष पौडेलले वर्तमान परिस्थितिलाई एउटा शिक्षाको रूपमा लिँदै पार्टी पुनः सङ्गठित भएर अगाडि बढ्ने दृढता व्यक्त गर्नुभयो । आगामी कार्यदिशाबारे प्रष्ट पार्दै उहाँले अबको बाटो जनता, कार्यकर्ता र राष्ट्रिय हिततर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।
८. नीति र पद्धतिमा एकतावद्ध हुन पार्टी पंक्तिलाई अध्यक्ष ओलीको निर्देशन
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई वैचारिक र संगठनात्मक रूपमा एकताबद्ध बनाउनुपर्नेमा जोड दिनुभएको छ । पार्टीका नीति र विश्लेषणहरू सही रहेको उल्लेख गर्दै उहाँले ती विचारमा दृढ भएर संगठनलाई चुस्त–दुरुस्त राख्न कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको हो । अध्यक्ष ओलीले पार्टीभित्र देखापर्ने विसंगति र अनुशासनहीनताप्रति कडा टिप्पणी गर्नुभएको छ । पार्टीभित्र विधिसम्मत प्रक्रियाभन्दा बाहिर गएर गरिने गतिविधिप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष ओलीले निष्कर्षमा नपुगी गरिने टिप्पणीहरूले भ्रम मात्र सिर्जना गर्ने बताउनु भयो । समीक्षाको नाममा भ्रम फैलाउने र हस्ताक्षर संकलन गर्दै हिँड्ने कार्यले पार्टीलाई सही दिशामा लैजान नसक्ने उहाँको तर्क छ । उहाँले पार्टीको मार्गचित्र र संगठनात्मक अनुशासनलाई पालना गरेर मात्रै एमाले अगाडि बढ्न सक्ने स्पष्ट पार्नुभयो ।
९.तापलहरको बढ्दो जोखिमः पूर्वसूचना प्रणाली र ‘हिट एक्शन प्लान’कार्यान्वयनमा सरोकारवालाको जोड
‘अर्ली वार्निङ फर अल’ मार्गचित्र स्वीकृत भइसक्योः गृह मन्त्रालय
जलवायु परिवर्तनले निम्त्याएको बढ्दो गर्मीको प्रकोप (लू) कम गर्न पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउँदै ‘हिट एक्शन प्लान’ कार्यान्वयनलाई थप सुदृढ बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।‘हिट एक्शन डे’को अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनीहरुले यस्तो धारणा राखेका हुन् । जलवायु परिवर्तनका कारण तापलहरको जोखिम नेपालमा समेत बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै उनीहरुले तातो हावाको जोखिम न्युनिकरणका लागि सरकार र साझेदार संस्थाहरुबीच सहकार्य आवश्यक रहेको बताए । कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटीका महासचिव मीनबहादुर मल्लले तराईका अधिकांश जिल्ला तातो हावा (लु)को उच्च जोखिममा रहेको उल्लेख गर्दै समुदायस्तरमा सञ्चालित ‘हिट एक्शन’ कार्यक्रम विस्तार गर्न नेपाल सरकारको रणनीतिक सहयोग आवश्यक रहेको बताउनु भयो । उहाँले अमेरिकी रेडक्रसको सहयोगमा बाँके र रुपन्देही जिल्लामा समुदायलाई लुबाट जोगिने उपायबारे सचेतना तथा तयारी अभियान सञ्चालन भइरहेको बताउनु भयो । उहाँले यी दुई जिल्ला मात्र नभई तराईका धेरै जिल्ला र क्षेत्र तातो हावाको प्रभावमा पर्नसक्ने जोखिम रहेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले जलवायु परिवर्तनसँगै बढ्दो गर्मी र लुको चुनौती सामना गर्न सरकारी निकाय र विकास साझेदारबीच समन्वय र सहकार्य अपरिहार्य रहेको बताउनु भयो ।
१०. जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि पार्टीको नेतृत्व गरिरहने र चुनौतीहरूको सामना गर्दै अगाडि बढ्ने दृढता व्यक्त गर्नुभएको छ । रोल...
आफ्नो स्वास्थ्यमा पूर्ण सुधार आएको जानकारी दिँदै उहाँले पार्टीलाई सफलताको मार्गमा डोहो¥याएर मात्र विधिसम्मत ढंगले विश्राम लिने स्पष्ट पार्नुभयो । अध्यक्ष ओलीले पार्टीभित्र अनुकूल परिस्थितिमा उत्साहित हुने र प्रतिकूल समयमा जिम्मेवारीबाट पन्छिने प्रवृत्तिको आलोचना गर्नुभयो । विगत केही समयदेखि स्वास्थ्यका कारण कार्यकर्ता र जनताको बीचमा सघन रूपमा पुग्न नसकेको स्वीकार गर्दै उहाँले अब आफू पूर्ण स्वस्थ भएको र सक्रिय रूपमा सार्वजनिक गतिविधिमा फर्कने बताउनु भयो । आफ्नो नेतृत्वको विषयमा चर्चा गर्दै ओलीले महाधिवेशनले आफूलाई प्रधानमन्त्री बन्नका लागि मात्र नभई संघर्षको नेतृत्व गर्न अध्यक्ष चुनेको स्मरण गराउनु भयो । उहाँले कतिपयले आफ्नो मृत्युको समेत कामना गरेको उल्लेख गर्दै अहिले आफू दृढ संकल्पका साथ देश र आन्दोलनको रक्षाका लागि उभिएको बताउनु भयो । उहाँले पार्टीलाई बलियो बनाएर विधि र प्रक्रियाअनुसार आफू विश्राम गर्ने स्पष्ट पार्नुभयो ।
११. आगो लगाएर पुगेन ? अब सम्पती विवरण पनि चाहियो रे ! खरानी छ, उठाएर लैजा सरकारः ओली
सरकारद्वारा गठित छानबिन समिति प्रतिशोधपूर्ण, बयान नदिने अध्यक्ष ओलीको घोषणा नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले भदौ २३ र २४ गतेको घटना छानबिनका लागि गठन गरेको आयोगलाई राजनीतिक प्रतिशोधको संज्ञा दिनुभएको छ । उक्त आयोग असंवैधानिक र पूर्वाग्रही रहेको टिप्पणी गर्दै उहाँले आफूले कुनैपनि प्रकारको सहयोग वा बयान नदिने घोषणा गर्नुभएको हो । बुधवार काठमाडौंमा आयोजित दुई दिने कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारले संवैधानिक र कानूनी निकायहरू क्रियाशील रहँदा–रहँदै नयाँ समिति बनाउनु विपक्षी दलका नेताहरूलाई फसाउने नियत भएको दाबी गर्नुभयो । उहाँले यस कदमलाई २०६१ माघ १९ पछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले राजनीतिक विरोधीहरूलाई दमन गर्न गठन गरेका ‘सो–कलड’ आयोगहरूसँग तुलना गर्नुभएको छ ।
ओलीले आयोगलाई आफ्नो सम्पती विवरण बुझाउन वा कुनैपनि बयान दिन अस्वीकार गर्दै सरकारको यो कदमलाई ‘पूर्वाग्रह र प्रतिशोधको पोको’ को संज्ञा दिनुभएको छ । उहाँले सरकारलाई संवैधानिक प्रक्रियामा फर्कन र प्रतिशोधको राजनीति त्याग्न आग्रह समेत गर्नुभयो । विगतका घटनाहरूको स्मरण गर्दै अध्यक्ष ओलीले भदौ २३ गतेको घटना नियोजित भएको र त्यसमा तत्कालीन प्रधानमन्त्री वा गृहमन्त्रीको कुनै संलग्नता नरहेको दाबी गर्नुभयो ।
१२. अन्याय र दमनका अगाडि शीर झुकाउँदिनः एमाले अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले आफू र अन्य नेताहरूलाई राजनीतिक प्रतिशोधका आधारमा फसाउने षड्यन्त्र गरिरहेको आरोप लगाउनुभएको छ । रोल...
सरकारले राज्य संयन्त्रको दुरुपयोग गरी आफूविरुद्ध प्रमाण जुटाउन खोजे पनि त्यसमा असफल भएको उहाँको दाबी छ । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारको सम्पूर्ण ध्यान काममा भन्दा पनि आफू र नेपाली काश्ग्रेसका नेता रमेश लेखकलाई कसरी फसाउन सकिन्छ भन्नेतर्फ केन्द्रित भएको बताउनु भयो । सरकारले मुद्दा चलाउने ठाउँ नभेटेपछि प्रहरी प्रशासनमा समेत हस्तक्षेप गरेको उहाँको भनाइ छ । आफ्नो राजनीतिक दृढता व्यक्त गर्दै अध्यक्ष ओलीले जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि आफू विचलित नहुने स्पष्ट पार्नुभयो । अध्यक्ष ओलीले राष्ट्रियताका सवालमा कुनैपनि किसिमको सम्झौता नगर्ने पुनः दोहो¥याउनुभएको छ ।
१३. ‘पपुलिस्ट’ शक्तिहरू देशको सार्वभौमसत्तामाथि हमलामा उत्रिएः विशाल भट्टराई
नेकपा (एमाले) का नेता विशाल भट्टराईले ‘पपुलिस्ट’ भनिने शक्तिहरूले देशको भौगोलिक अखण्डता र सार्वभौमसत्तामाथि प्रहार गरिरहेको आरोप लगाउनुभएको छ । नेकपा (एमाले) संगठन विभागद्वारा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । नेता भट्टराईले पार्टीमाथि हुँदै आएका हमलाहरू अहिले मुलुककै विरुद्ध लक्षित हुन थालेको दाबी गर्नुभयो । उहाँले संसदको रोष्ट्रममा उभिएर प्रधानमन्त्रीले दिएको भनिएको अभिव्यक्ति अतिक्रमणकारीले दिए जस्तो भएको बताउनु भयो । प्रधानमन्त्री बालेन्द्र साहले हामी अतिक्रमणकारी हौँ र अरुको भूमि कब्जा गर्छौं भनेर घोषणा गरेको जस्तो भएको टिप्पणी गर्नुभयो ।
१४. अमेरिकाको ‘विरोधाभासपूर्ण’ मागका कारण शान्ति वार्ता लम्बिँदैः इरान
इरानको विदेश मन्त्रालयले अमेरिकाको नयाँ र विरोधाभासपूर्ण मागहरूका कारण युद्ध अन्त्यका लागि भइरहेको वार्ता प्रक्रिया लम्बिँदै गएको बताएको छ । साप्ताहिक पत्रकार सम्मेलनमा इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले अमेरिकी अडानमा देखिएको अस्थिरताका कारण वार्ता निष्कर्षमा पुग्न ढिलाइ भएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘अर्को पक्षले निरन्तर आफ्नो धारणा परिवर्तन गर्ने, नयाँ र विरोधाभासपूर्ण मागहरू राख्ने तथा सञ्चारमाध्यममार्फत बाझिने खालका सन्देशहरू प्रवाह गरिरहेको अवस्थामा वार्ता प्रक्रिया लम्बिनु स्वभाविक हो ।’
प्रवक्ता बाघेईले लेबनानमा युद्धविरामको विषय कुनैपनि अन्तिम शान्ति सम्झौताको ’अपरिहार्य’ हिस्सा भएको समेत स्पष्ट पार्नुभयो । इरान र अमेरिकाबीच ४० दिनको युद्धपछि गत अप्रिल ८ मा युद्धविराम भएको थियो ।
१५. इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, इरानसँगको वार्ता जारी रहेको ट्रम्पको दाबी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हिजबुल्लाहबीच युद्धविरामका लागि सहमति भएको घोषणा गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत जानकारी दिँदै ट्रम्पले इरानसँगको वार्ता पनि तिब्र गतिमा अगाडि बढिरहेको बताउनुभएको हो । लेबनानमा इजरायली सैन्य कारबाहीको विरोध गर्दै तेहरानले मध्यस्थकर्ताहरूमार्फत वासिङ्टनसँग भइरहेको सन्देश आदानप्रदान प्रक्रिया स्थगित गरेको बताएको केही घण्टापछि ट्रम्पको यो टिप्पणी सार्वजनिक भएको हो । आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा ट्रम्पले लेख्नुभएको छ,‘इरानसँगको वार्ता तीव्र गतिमा जारी छ।’ उहाँले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग फोन वार्ता भएको र हिजबुल्लाहका प्रतिनिधिहरूले पनि सन्देश पठाएको उल्लेख गर्दै दुवै पक्ष शत्रुतापूर्ण सैन्य गतिविधि रोक्न सहमत भएको दाबी गर्नुभयो ।
१६. इथियोपियामा सातौँ आम निर्वाचनः ५ करोड ४० लाखभन्दा बढी मतदाता सहभागी
इथियोपियामा सातौँ आम निर्वाचन सफल भएको छ । मुलुकभरका हजारौँ मतदान केन्द्रहरूमा लाखौँ मतदाताहरू आफ्नो मताधिकार प्रयोग गर्न उपस्थित भएका थिए । इथियोपियाको राष्ट्रिय निर्वाचन बोर्डकाअनुसार यस पटक ५ करोड ४० लाखभन्दा बढी नागरिकले मतदान गरेका छन् । यस निर्वाचनमार्फत मतदाताहरूले संघीय संसदको तल्लो सदन हाउस अफ पिपुल्स रिप्रिजेन्टेटिभ्सका साथै क्षेत्रीय परिषद्का सदस्यहरू चयन गर्नेछन् । निर्वाचन अधिकारीहरूकाअनुसार ४२ वटा राजनीतिक दलका १० हजारभन्दा बढी उम्मेदवार र केही स्वतन्त्र उम्मेदवारहरू चुनावी मैदानमा छन् । इथियोपियाको संवैधानिक व्यवस्थाअनुसार संसद्मा बहुमत प्राप्त गर्ने राजनीतिक दल वा गठबन्धनले सरकार गठन गर्ने र प्रधानमन्त्री नियुक्त गर्ने प्रावधान रहेको छ ।
१७. ओकिनावामा क्षति पु¥याउँदै शक्तिशाली समुन्द्री आँधी ‘जाङ्ग्मी’ जापानको क्युशुतर्फ प्रस्थान
जापानको ओकिनावा टापुमा प्रभाव पारेपछि शक्तिशाली समुन्द्री आँधी ‘जाङ्ग्मी’ मंगलवार दक्षिण–पश्चिमी टापु क्युशुतर्फ अघि बढेको यहाँको मौसम विज्ञान एजेन्सीले जनाएको छ । जापान मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार यस वर्षको छैटौँ ताइफुनका रूपमा रहेको ‘जाङ्ग्मी’ स्थानीय समयअनुसार मंगलवार बिहान ७ बजे कागोशिमा र ओकिनावा प्रान्तको बीचमा पर्ने अमामी–ओशिमा टापुको पश्चिम–उत्तरपश्चिममा अवस्थित थियो । यो आँधी हाल करिव २५ किलोमिटर प्रतिघण्टाको गतिमा उत्तर–पूर्वतर्फ बढिरहेको छ । सार्वजनिक प्रसारक संस्था एनएचकेका अनुसार ओकिनावा प्रान्तमा चलेको तिब्र गतिको हावाहुरीका कारण १० जनाभन्दा बढी व्यक्ति घाइते भएका छन् । आँधीका कारण क्युशु र अन्य क्षेत्रमा गरी मंगलबार ३२० भन्दा बढी उडानहरू रद्द गरिएका छन् । यसैगरी, मंगलबार रातिदेखि बुधबारसम्म तोकाइदो लाइन लगायतका सिन्कानसेन बुलेट रेल सेवाहरू पनि प्रभावित हुन सक्ने बताइएको छ । मौसम विज्ञान एजेन्सीले अमामी क्षेत्र र पश्चिमी जापानमा तीव्र हावाहुरी र भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आह्वान गरेको छ ।
१८. गाजा बन्दरगाहमा इजरायली हवाई आक्रमणः दुई जनाको मृत्यु, २५ घाइते
गाजा शहरको पश्चिममा अवस्थित गाजा बन्दरगाह क्षेत्रमा इजरायलले गरेको हवाई आक्रमणमा दुई जना प्यालेस्टिनीको मृत्यु भएको छ भने अन्य २५ जना घाइते भएका छन् । प्यालेस्टिनी स्रोतहरूले यस घटनाको पुष्टि गरेका हुन् । प्रत्यक्षदर्शीहरूले सञ्चारमाध्यमलाई दिएको जानकारीअनुसार इजरायली हेलिकप्टरले विस्थापित व्यक्तिहरू र आगन्तुकहरूको ठूलो उपस्थिति रहेको बन्दरगाह क्षेत्रमा मिसाइल प्रहार गरेको थियो । चिकित्सा स्रोतकाअनुसार एम्बुलेन्समार्फत दुई जनाको शव र २५ जना घाइतेलाई गाजा शहरको एक अस्पतालमा पु¥याइएको छ । घाइतेमध्ये एक जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ । विद्युत, पानी र खाद्यान्न जस्ता आधारभूत आवश्यकताको चरम अभावका बीच गाजा बन्दरगाह क्षेत्र हाल विस्थापित परिवारहरूको प्रमुख आश्रयस्थल बनेको छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।
१९. ग्रिनल्याण्डको आत्मनिर्णयको अधिकार र सार्वभौमसत्ताको रक्षा गर्ने डेनमार्कको नयाँ सरकारको प्रतिवद्धता
डेनमार्कको नयाँ चार–दलीय गठबन्धन सरकारले ग्रिनल्याण्डको सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र आत्मनिर्णयको अधिकारलाई अक्षुण्ण राख्ने प्रतिवद्धता व्यक्त गरेको छ । मंगलवार सार्वजनिक गरिएको सरकारको नयाँ साझा राजनीतिक कार्यक्रममा ग्रीनल्याण्डसम्बन्धी नीतिलाई प्राथमिकताका साथ समावेश गरिएको हो । प्रधानमन्त्री कार्यालयद्वारा प्रकाशित उक्त नीतिगत दस्तावेजमा ग्रीनल्याण्डले हालैका दिनहरूमा अस्वीकार्य दबाब सामना गर्नुपरेको उल्लेख गरिएको छ । डेनिस सरकारले ग्रीनल्याण्डको स्वायत्त सरकारसँग सहकार्य गर्दै सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र जनताको आत्मनिर्णयको मौलिक अधिकारका आधारभूत सिद्धान्तहरूमा अडिग रहने जनाएको छ । यसैगरी, उक्त दस्तावेजमा आर्कटिक क्षेत्रमा आवश्यक सैन्य सुदृढीकरणको कार्यलाई डेनमार्क र अन्य मित्र राष्ट्रहरूसँगको घनिष्ठ समन्वयमा निरन्तरता दिइने उल्लेख छ । सरकारले ग्रीनल्याण्ड र डेनमार्कबीचको सम्बन्धलाई समानतामा आधारित राज्य समुदायको रूपमा परिभाषित गर्दै आपसी सम्मानमा आधारित आधुनिक सहकार्यलाई सुदृढ बनाउने लक्ष्य राखेको छ ।
२०. टर्कीमा इन्धनको मूल्यमा कटौती
संयुक्त राज्य अमेरिका र इरानबीच सम्भावित सम्झौताको अपेक्षासँगै विश्व बजारमा कच्चा तेलको मूल्यमा केही गिरावट आएपछि टर्कीमा इन्धनको मूल्य घटाइएको छ । टर्की सरकारले मंगलबार मध्यरातदेखि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्यमा कटौती गरेको हो । पेट्रोलको मूल्यमा प्रतिलिटर १.३८ लिरा (०.०३० अमेरिकी डलर) र डिजेलको मूल्यमा प्रतिलिटर १.८१ लिराले कमी आएको छ । विश्वव्यापी इन्धनको मानक मानिने ‘ब्रेन्ट क्रुड’ को मूल्य प्रति ब्यारेल करिब ९४.४० डलरमा झरेको छ । अमेरिका र इरानबीचको शान्ति वार्तालाई लिएर लगानीकर्ताहरूमा छाएको अन्योलका बीच तेलको यो मूल्य पछिल्लो दुई हप्तायताकै न्युन बिन्दु हो । गत फेब्रुअरीको अन्त्यतिर द्वन्द्व शुरु भएयता उत्पन्न भू–राजनीतिक तनाव र इन्धनको मूल्यमा आएको उतारचढावलाई मध्यनजर गर्दै टर्कीले मार्च महिनाको शुरुमा ‘स्लाइडिङ–स्केल’ कर प्रणाली लागू गरेको थियो । यो अस्थायी व्यवस्थाले उपभोक्ताहरूलाई केही राहत प्रदान गरे तापनि ऊर्जाको उच्च लागतका कारण देशमा मुद्रास्फीतिको चाप भने कायमै छ ।
२१. बंगलादेशी विदेशमन्त्री खलिलुर रहमान संयुक्त राष्ट्रसंघको ८१ औँ महासभाको अध्यक्षमा निर्वाचित
बंगलादेशका विदेशमन्त्री खलिलुर रहमान संयुक्त राष्ट्रसंघको महासभाको ८१ औँ अधिवेशनका लागि अध्यक्षमा निर्वाचित हुनुभएको छ । मङ्गलवार भएको निर्वाचनमा उहाँले बहुमत प्राप्त गर्दै सो पद सुरक्षित गर्नुभएको हो । संयुक्त राष्ट्रसंघका १९० सदस्य राष्ट्रहरूले मतदान गरेको उक्त निर्वाचनमा रहमानको पक्षमा ९९ मत खसेको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी साइप्रसका विदेशमन्त्रीका बहुपक्षीय मामिला सम्बन्धी विशेष दूत एन्ड्रियास एस. काकोउरिसले ९१ मत प्राप्त गर्नुभएको थियो । सन् २०२६ को फेब्रुअरीमा बंगलादेशको विदेशमन्त्रीका रूपमा शपथ लिनुभएका रहमानले आगामी सेप्टेम्बरमा ८१ औँ महासभाको अधिवेशन शुरु भएपछि एक वर्षका लागि आफ्नो कार्यभार सम्हाल्नुहुनेछ । अध्यक्षमा निर्वाचित भएपछि आफ्नो मन्तव्य राख्दै रहमानले वर्तमान विश्वले भोगिरहेका जटिल चुनौतीहरूबारे चर्चा गर्नुभयो ।
२२. म्यानमारको याङ्गुनमा नयाँ शैक्षिक सत्र शुरुः ९ लाख ४९ हजारभन्दा बढी विद्यार्थी विद्यालय फर्किए
म्यानमारको याङ्गुन क्षेत्रमा सोमवारदेखि शैक्षिक सत्र २०२६–२०२७ को औपचारिक शुरुवात भएको छ । नयाँ शैक्षिक सत्रको पहिलो दिन ९ लाख ४९ हजार ४४१ विद्यार्थीहरू विद्यालयमा उपस्थित भएको सरकारी सञ्चारमाध्यम ‘ग्लोवल न्यू लाइट अफ म्यानमार’ ले मंगलबार जनाएको छ । प्राप्त विवरणअनुसार, याङ्गुन क्षेत्रका २ हजार ७१७ आधारभूत विद्यालय, ३७८ निजी विद्यालय र २३१ गुम्बा विद्यालयहरूमा गरी कूल ८०.८३ प्रतिशत विद्यार्थीको उपस्थिति रहेको छ ।
२३. सुडान द्वन्द्वको असरः १२ लाखभन्दा बढी बालबालिका नियमित खोपबाट वञ्चित
सुडानमा जारी गृहयुद्धका कारण १२ लाखभन्दा बढी बालबालिकाहरू नियमित खोप सेवाबाट वञ्चित भएका छन् । सुडानको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार वर्षौँदेखि जारी द्वन्द्व र अस्थिरताका कारण ठूलो संख्यामा बालबालिकाहरूले आधारभूत खोप पाउन नसकेका हुन् । देशका विभिन्न भागमा स्वास्थ्य प्रणाली ध्वस्त हुनु र खोप अभियानहरू स्थगित हुनु नै खोप दरमा आएको उच्च गिरावटको मुख्य कारण रहेको स्थानीय स्वास्थ्यकर्मीहरूले बताएका छन् । यस संकटलाई सम्बोधन गर्न सुडानको स्वास्थ्य मन्त्रालयले विश्व स्वास्थ्य संगठन,युनिसेफ र अन्तर्राष्ट्रिय सहायता संस्था सेभ द चिल्ड्रेनसँगको सहकार्यमा छुटेका बालबालिकाहरूका लागि विशेष खोप कार्यक्रम सञ्चालन गरिरहेको छ । सुडानको स्वास्थ्य मन्त्रालयका उपसचिव अली बाबिकिरले सबै बालबालिकालाई खोप उपलब्ध गराउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । उहाँकाअनुसार यो प्रतिवद्धता कुनै राजनीतिक एजेण्डा नभई नागरिकप्रतिको दायित्व हो ।
२४. कानूनी संरचनामा सुधार सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले कानूनी संरचना सधार र निर्माण सरकारको प्राथमिकता रहेको बताउनुभएको छ । बुधवार मन्त्रालयमा आयोजित मन्त्रालय अन्तर्गतको विषयगत समितको बैठकमा उहाँले पुराना र समयसापेक्ष नभएका कानूनहरूलाई संशोधन गर्दै नयाँ आवश्यकताअनुसार कानुनी संरचना निर्माण गर्ने बताउनुभएको हो । मन्त्री तिमिल्सिनाले संसदलाई प्रभावकारी कानून निर्माणको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको बताउनु भयो । उहाँले दशकौँदेखि संशोधन हुन नसकेका कानूनहरूले विभिन्न क्षेत्रमा समस्या सिर्जना गरेको स्वीकार गर्दै ती कानुनलाई समयानुकूल बनाउन सरकार गम्भीरतापूर्वक लागिरहेको जानकारी दिनुभयो । उहाँले वर्तमान आवश्यकता र प्रविधिको विकाससँग मेल खाने नयाँ कानुन तर्जुमा गर्न मन्त्रालय लागिरहेको पनि जानकारी दिनुभयो । उहाँले कतिपय पुराना कानुनले काम गर्न समेट कठिनाई भईरहेको बताउनु भयो ।
२५. नगरप्रहरीलाई सुनिताको निर्देशन– ‘नगर प्रहरी भनेको काठमाडौं महानगरको जस्तो हुनुपर्छ भन्नेगरी काम गर्नूस्’
काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले नगर प्रहरीलाई नमूना नगरप्रहरी बन्नेगरी काम गर्न निर्देशन दिनुभएको छ । बुधवार महानगर प्रहरी प्रमुखको पदोन्नति तथा जिम्मेवारी हस्तान्तरण कार्यक्रममा उहाँले जनतासँग नम्र व्यवहार गर्दै सेवा प्रवाह गर्न निर्देशन दिनुभएको हो । उहाँले नगर प्रहरी काठमाडौं महानगरको ब्राण्ड एम्बेसडर भएको उल्लेख गर्दै नमूना प्रहरीको रुपमा काम गर्न आग्रह गर्नुभयो । उहाँले नगर प्रहरीको कार्यशैली र व्यवहारले महानगरपालिकाको छवि निर्धारण गर्ने बताउनु भयो । कार्यवाहक प्रमुख डंगोलले नगर प्रहरीलाई जनतासँग प्रत्यक्ष रूपमा जोडिएर काम गर्न, सेवा नम्र व्यवहारबाट शुरु गर्न तथा चेन अफ कमाण्डको पूर्ण पालना गर्न निर्देशन दिनुभयो । उहाँले बर्खायामलाई ध्यानमा राख्दै सम्भावित विपद् तथा उद्धार कार्यका लागि तयारी अवस्थामा रहन पनि नगर प्रहरीलाई आग्रह गर्नुभयो । त्यसको लागि अन्य सुरक्षा निकायसँग समन्वय गर्न उहाँले नगर प्रहरी नेतृत्वलाई निर्देशन दिनुभयो ।
२६. नेकपा सांसद विश्वकर्माले प्रधानमन्त्रीलाई भने – नेपाल भारतबीच मनमुटाव गराएर विध्वंश मच्चाउने हर्कत नगर्नुस्, राजिनामा दिनुस्’
नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माले प्रधानमन्त्री बालेन्द्र साहको राजिनामा माग गर्नुभएको छ । बुधवार बसेको राष्ट्रिय सभाको बैठकमा उहाँले प्रधानमन्त्री साहले राष्ट्रघात गरेको आरोप लगाउँदै तत्काल राजीनामा दिन माग गर्नुभएको हो । उहाँले प्रधानमन्त्रीले प्रतिनिधिसभामा सांसदले सोधेको प्रश्नको जवाफ नदिएर कपोलकल्पित, आधारहीन र नाटकीय अभिव्यक्ति दिएको आरोप लगाउनु भयो । प्रधानमन्त्रीले दिएको ‘नेपालले भारतको भूमि अतिक्रमण गरेको रहेछ’ भन्ने अभिव्यक्ति उल्लेख गर्दै उहाँले त्यसको कुनै तथ्यगत आधार नरहेको दाबी गर्नुभयो । उहाँले प्रधानमन्त्रीको उक्त भनाइले नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्तामाथि आँच पुगेको जिकिर गर्नुभयो । प्रधानमन्त्रीको अभिव्यक्ति विखण्डनकारी र आत्मसमर्पणवादी भएको उहाँको दाबी छ । उहाँले प्रधानमन्त्रीसँग नेपालले भारतको कुन भूभाग, कहाँ र कति अतिक्रमण गरेको हो भन्ने यकिन तथ्याङ्क सार्वजनिक गर्न माग गर्नुभयो ।
२७. नेपाल–भारत सीमा विषयमा तेस्रो मुलुकलाई जोड्ने प्रयास नेपालको हित विपरितः काँग्रेस सांसद थापा
नेपाली काँग्रेसका सांसद सुनिलबहादुर थापाले प्रधानमन्त्री बालेन्द्र साहले प्रतिनिधिसभामा दिएको नेपालभारत सीमासम्बन्धी अभिव्यक्ति अत्यन्त गम्भीर, दुर्भाग्यपूर्ण तथा गैरजिम्मेवार भएको बताउनुभएको छ । रोल...
बुधवार बसेको राष्ट्रिय सभाको बैठकमा उहाँले नेपालले प्रधानमन्त्रीले दिएको नेपालले भारतको भूमि अतिक्रमण गरेको भन्ने आशयको अभिव्यक्तिले नेपालको छवि धुमिल भएको बताउनु भयो । उहाँले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले विश्वका अन्य राष्ट्रहरुसँगको नेपालको कुटनीतिमा समेत असर पार्ने बताउनु भयो । उहाँले नेपालको सार्वभौमसत्ता, राष्ट्रिय हित तथा छिमेकी राष्ट्रसँगको संवेदनशील सम्बन्धसँग जोडिएका विषयमा सरकार प्रमुखका अभिव्यक्ति तथ्यमा आधारित, स्पष्ट र जिम्मेवार हुनुपर्ने उल्लेख गर्नुभयो । सांसद थापाले प्रधानमन्त्रीसँग आफ्नो भनाइ पुष्टि गर्ने ठोस प्रमाण भएमा संसद र जनतासमक्ष सार्वजनिक गर्न आग्रह गर्नुपर्ने अन्यथा राष्ट्रसँग क्षमायाचना गर्नुपर्ने बताउनु भयो ।
२८. प्रधानमन्त्रीको अभिव्यक्तिप्रति रास्वपा र सभामुखको मौनताले शंका उत्पन्न गराएको छः एमाले सांसद देवकोटा
नेकपा एमालेकी सांसद सम्झना देवकोटाले प्रधानमन्त्री बालेन्द्र साहले दिएको सीमासम्बन्धी अभिव्यक्तिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सभामुखको मौनताले शंका उत्पन्न गराएको बताउनुभएको छ । बुधवार बसेको राष्ट्रिय सभाको बैठकमा उहाँले प्रधानमन्त्रीको राष्ट्रहित विपरीत र गैरजिम्मेवार अभिव्यक्तिमा पनि सभामुख डोल प्रसाद अर्यालले कुनै रुलिङ नगर्नु र रास्वपा मौन बस्नुले सबै पक्षलाई सशंकित बनाएको बताउनुभएको हो । उहाँले हालसम्म भारतका कुनैपनि आधिकारिक निकायबाट नेपालले सीमा मिचेको भन्ने जानकारी नेपाललाई नदिएको अवस्थामा प्रधानमन्त्रीले अचानक त्यस्तो आशयको जवाफ दिनु गम्भीर विषय भएको बताउनु भयो ।
२९. राष्ट्रिय सभाको बैठक स्थगित
राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । बुधवार बसेको बैठक विपक्षी दलहरुको अवरोधपछि कार्यसूचिमा नै प्रवेश नगरि स्थगित भएको हो । अर्काे बैटक जेठ २६ गते मंगलवार अपरान्ह १ बजेर १५ मिनेटमा बस्नेगरि स्थगित भएको हो । प्रधानमन्त्री बालेन्द्र साहले प्रतिनिधि सभामा नेपालले भारतको जग्गा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिएपछि संसदका दुबै सदन प्रभावित हुँदै आएका छन् । विपक्षी दलहरुले प्रधानमन्त्री साहले माफी नमागेसम्म संसद चल्न नदिने निर्णय गरेका छन् ।
३०. सञ्चारमन्त्रीको प्रश्न–विज्ञापनको लागि मात्रै स्थापना भएको सञ्चारमाध्यमले देशलाई के फाइदा पु¥याएको छ ?
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले लोककल्याणकारी विज्ञापनमा कडाई गर्नुपर्ने बताउनुभएको छ ।
बुधवार मन्त्रालयमा आयोजित मन्त्रालय अन्तर्गतको विषयगत समितको बैठकमा उहाँले जनताको करबाट संकलित रकमको दुरुपयोग हुन नहुने बताउनुभएको हो । उहाँले विज्ञापन र अनुदान प्राप्त गर्ने उद्देश्यले मात्र अधिकांश सञ्चारमाध्यमहरु संचालनमा रहेको बताउनु भयो । उहाँले सञ्चारमाध्यमहरुको प्रभावकारिता, रोजगारी सिर्जना तथा सार्वजनिक हितमा योगदानको पनि समीक्षा गर्न आवश्यक रहेको बताउनु भयो । लोककल्याणकारी विज्ञापनले वास्तवमै जनताको हित गरिरहेको छ वा छैन भन्ने विषयमा अध्ययन गरी स्पष्ट मापदण्ड तय गर्नुपर्ने उहाँको भनाई छ । राज्यबाट सहयोग प्राप्त गर्ने सञ्चार संस्था तथा अन्य निकायले देश र जनताका लागि गरेको योगदानको मूल्याङ्कन हुनुपर्ने उहाँले बताउनु भयो ।
३१. चालु आर्थिक वर्षभित्र चोरी भएका ५९२ वटा सवारी साधन सम्बन्धित धनीले फिर्ता पाए
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलले चालु आर्थिक वर्षभित्र उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ५९२ वटा दुईपाङ्ग्रे सवारीसाधन खोजी गरी सम्बन्धित सवारीधनीलाई फिर्ता गरेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधवार एक कार्यक्रमको आयोजना गर्दै चालु आर्थिक वर्षको हालसम्म ५९२ वटा दुईपाङ्ग्रे सवारीसाधन सम्बन्धीत सवारी धनीलाई फिर्ता गरिएको जानकारी दिएको हो । कार्यक्रममा कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले १५ वटा स्कुटर र २५ वटा मोटरसाइकल गरी ४० वटा दुईपाङ्ग्रे सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभयो । प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले असुरक्षित पार्किङका कारण मोटरसाइकल तथा स्कुटर चोरी हुने भएकाले सुरक्षित स्थानमा मात्र पार्किङ गर्न आग्रह गर्नुभयो ।
३२. अर्थमन्त्रीले संसदमा पेश भइसकेको आर्थिक विधेयक केही विषय हटाएर गम्भीर भुल गरेः रमेश मल्ल
विपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकका १६ पेज आफैले हटाएर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गम्भिर भुल गरेको आरोप लगाएको छ । बुधवार संघीय संसद सचिवालय परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उक्त पार्टीका सांसद रमेशकुमार मल्लले संसदको पुँजीको रुपमा दर्ज भइसकेको आर्थिक विधेयकमा आफूखुशी गरेको भन्दै आपत्ति जनाउनुभएको हो । उहाँले वर्तमान सरकारले एक पछि अर्को विधि मिचिरहेको जिकिर गर्नुभयो । संसदमा पेश भइसकेको उक्त विधेयक सरकारलाई फिर्ता पठाउने वा नपठाने भन्ने कुराको निर्णय संसदमा मात्रै गर्नसक्ने सांसद मल्लको भनाई थियो ।
३३. कानून, न्याय तथा मानव अधिकार समितिको कार्यविधि पारित
संघीय संसद कानून, न्याय तथा मानव अधिकार समितिको कार्यविधि पारित गरिएको छ । बुधवार सिंहदरवारमा बसेको समितिको बैठक दफावार छलफल गरी सो कार्यविधि सर्वसम्मति पारित गरिएको हो । समितिका सदस्यहरुले सुझावहरुलाई समेत समेटिएर उक्त कार्यविधि पारित गरिएको समितिकी सभापति समिक्षा बास्कोटाले बताउनु भयो । उहाँले उक्त कार्यविधिमा प्रतिनिधि सभा नियमावली गरिएको नयाँ व्यवस्थाहरु पनि समावेश गरिएको बताउनु भयो ।
३४. शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ६ वटा उपसमिति गठन
प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ६ वटा विभिन्न उपसमितिहरु गठन गरिएको छ । बुधवार सिंहदरवारमा बसेको समितिको बैठकले समिति परामर्श तथा समन्वय उपसमिति, स्वास्थ्य तथा खाद्य स्वच्छता अध्ययन उपसमिति, शिक्षा सम्बन्धि अध्ययन उपसमिति विज्ञान, प्रविधि तथा नवप्रवद्र्धन अध्ययन उपसमिति, सूचना तथा सञ्चार अध्ययन उपसमिति र खेलकुद अध्ययन उपसमिति गठन गरिएको हो । जस अन्तर्गत समिति परामर्श तथा समन्वय उपसमितिमा सासदहरु डा. लेखजंग थापा, पुकार बम, प्रभा ढकाल, सीता थपलिया, रिङगला यादव, रमेशकुमार मल्ल, राधिका रम्तेल र महावीर पुन रहनु भएको भएको समितिकी सभापति डा. ओजश्वी शेरचनले जानकारी दिनुभयो ।
३५. सरकारका कारण नेपालको न्यायालय निरीह हुनु परेको छः रास्वपा सांसद न्यौपाने
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसद यज्ञमणि न्यौपानेले नेपालको न्यायालय फैसला कार्यान्वयनमा निरिह हुनुपरेको बताउनुभएको छ । बुधवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उहाँले पटक पटक ताकेता गर्दा पनि सरकारले अदालतको आदेश, निर्देशन र फैसला कार्यान्वयनमा नल्याएको भन्दै आपत्ति समेत जनाउनुभएको हो । गिरिबन्धु टी स्टेटसम्बन्धि सर्वोच्च अदालतको फैसला आज पनि सरकारले कार्यान्वयनमा नल्याउँदा सम्बन्धित पक्षले ठूलो पीडा व्यहोर्नुपरेको दृष्टान्त पेश गर्दै सांसद न्यौपानेले संसदीय समितिले संविधान र कानूनले किटान गरेका विषयलाई कार्यान्वयनमा लैजानका लागि संसद र संसदीय समितिले सरकारलाई सचेत गराउनुपर्ने बताउनु भयो ।
३६. सडक मर्मत–सम्भारमै अर्बौं खर्चिंदै सरकार, फेरिएला त सडकको मुहार ?
सरकारले देशभरका सडकहरूको अवस्था सुधार्न र नागरिकको यात्रालाई सहज बनाउन आगामी आर्थिक वर्षमा ‘राष्ट्रव्यापी सडक मर्मत–सम्भार अभियान’ सञ्चालन गर्दैछ । सडकका खाल्डाखुल्डी पुर्ने, जीर्ण सडक पुनःस्थापना गर्ने तथा नियमित मर्मत–सम्भारका लागि २८ अर्ब ५२ करोड रुपैयाँ विनियोजन गरेको छ ।
गत साता संसद्मा बजेट प्रश्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले गत साता काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरी सडकलाई आगामी वर्षभित्र धुलोमुक्त र खाल्डाखुल्डीमुक्त बनाउने घोषणा गर्नुभएको थियो । सोहीअनुसार सरकार धुलोमुक्तो र खाल्डाखुल्डीमुक्त बनाउने योजनामा अघि बढ्न लागेको हो । विगतमा बजेट अभावका कारण सडक विभागले मर्मत–सम्भारका लागि समयमै ठेक्का आह्वान गर्नसमेत नसक्ने अवस्था थियो । यस वर्ष सडक मर्मतका लागि पर्याप्त बजेट विनियोजन हुनुलाई सरोकारवालाले सकारात्मक रूपमा लिएका छन् ।
३७.राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता दुर्गम क्षेत्रका खेल प्रतिभालाई राष्ट्रिय–अन्तर्राष्ट्रिय मञ्चमा पु¥याउने माध्यम बन्नुपर्छः मन्त्री पोखरेल
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता दुरदराजका विद्यालयमा रहेका खेल प्रतिभाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चसम्म पु¥याउने माध्यम बन्नुपर्ने बताउनुभएको छ । बुधवार १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८३ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई ग्रामिण तथा दुर्गम क्षेत्रका प्रतिभावान खेलाडीहरूलाई अवसर प्रदान गर्ने प्रमुख माध्यमका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । त्यसका लागि सरकारले आवश्यक कार्यक्रम अघि सारेको उहाँको भनाइ छ । उ
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij