२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले कानूनी संरचना सधार र निर्माण सरकारको प्राथमिकता रहेको बताएका छन् । बुधवार मन्त्रालयमा आयोजित मन्त्रालय अन्तर्गतको विषयगत समितको बैठकमा उनले पुराना र समयसापेक्ष नभएका कानूनहरूलाई संशोधन गर्दै नयाँ आवश्यकता अनुसार कानुनी संरचना निर्माण गर्ने बताएका हुन् ।
मन्त्री तिमिल्सिनाले संसदलाई प्रभावकारी कानून निर्माणको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको बताएका छन्। उनले दशकौँदेखि संशोधन हुन नसकेका कानूनहरूले विभिन्न क्षेत्रमा समस्या सिर्जना गरेको स्वीकार गर्दै ती कानुनलाई समयानुकूल बनाउन सरकार गम्भीरतापूर्वक लागिरहेको जानकारी दिएका छन्।
उनले वर्तमान आवश्यकता र प्रविधिको विकाससँग मेल खाने नयाँ कानुन तर्जुमा गर्न मन्त्रालय लागिरहेको पनि जानकारी दिएका छन् । उनले कतिपय पुराना कानुनले काम गर्न समेत कठिनाई भईरहेको बताएका छन् ।
उनले भने, ‘ऐनहरु समय अनुकूल नहुँदाखेरि निकै दशकौँ पुराना कानुनहरुमा काम गर्नुपर्ने अवस्था छ । त्यसलाई हामीले रियलाइज गरेका छौँ । दुई महिना मात्रै भएको छ, नयाँ संसद आएको छ, नयाँ सरकार आएको छ । एउटा हाम्रो प्राथमिकता कानुन बनाउनेमा हुन्छ । यो भन्दा अगाडि जे भयो अब संसद कानुन निर्माणको एउटा महत्त्वपूर्ण थलोको रुपमा विकास गर्ने हाम्रो सोच रहेको छ । मन्त्रालयको तर्फबाट हामीले अहिले जुन प्रविधिको युग छ, नयाँ आवश्यकताहरु आएका छन्, त्यसको आवश्यकता अनुसारका नयाँ कानुनहरु पनि तर्जुमा गराउने कार्यलाई महत्वका साथ अगाडि बढाएका छौँ । पुराना कानुनहरुलाई कसरी समय सान्दर्भिक बनाउन सकिन्छ, भन्नेतिर पनि ध्यान दिएका छौँ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij