Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

शेल कम्पनी खडा गरी कर्जा दुरुपयोग गरेको आरोपमा राम जानकी हेल्थ फाउण्डेसनका अध्यक्ष पक्राउ

शेल कम्पनी खडा गरी कर्जा दुरुपयोग गरेको आरोपमा राम जानकी हेल्थ फाउण्डेसनका अध्यक्ष पक्राउ


  • 1.2K
    Shares

    शेल कम्पनी खडा गरी कर्जा दुरुपयोग गरेको आरोपमा राम जानकी हेल्थ फाउण्डेसनका अध्यक्ष पक्राउ
    images

    काठमाडौं । शेल कम्पनी खडा गरी पटक-पटक बैंक कर्जाको दुरुपयोग गरेको आरोपमा एक जना पक्राउ परेका छन् । राम जानकी हेल्थ फाउण्डेसनका सञ्चालक समितिका अध्यक्ष ओमप्रसाद पाण्डेलाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो ।

    पाण्डे इन्सिच्युड अफ एग्रिकलचर फरेस्ट एण्ड भेटनरी साइन्स प्रालिमा पनि सञ्चालक रहेका छन्।

    उनले बर्दिवास-६, महोत्तरीस्थित इन्ष्टिच्युट अफ एग्रीकल्चर, फरेष्ट एण्ड भेटेनरी साइन्सेज प्रालि नामक कृत्रिम कम्पनी खडा गरी डीपीआर बिना र धितोको अस्वभाविक रुपमा बढी मूल्यांकन गराई कर्जा लिएका थिए ।

    सीआईबीद्वारा जारी विज्ञप्तिमा प्रभु बैंकबाट जुन प्रयोजनको लागि कर्जा लिएको हो, सो को अन्यत्र प्रयोग गरी पटक पटक कर्जाको दुरुपयोग भएको उल्लेख छ । 

    पक्राउ परेका पाण्डे काठमाडौंको रातोपुलमा राम जानकी हेल्थ फाउण्डेसन, सञ्चालक समितिका अध्यक्ष हुन् । उनी बुधबार धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-१, रमदैयास्थित जानकी मेडिकल कलेजको प्राङ्गणबाट पक्राउ परेका हुन् ।  

    पाण्डेविरुद्ध बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसूरमा अनुसन्धान अघि बढाउन उच्च अदालत पाटनले २०८२ मंसिर २८ गते नै पक्राउ पुँजी जारी गर्ने अनुमति दिएको थियो।

    प्रहरीले यस बैंकिङ घोटाला प्रकरणमा कर्जा स्वीकृति प्रक्रिया, धितो मूल्याङ्कन गर्ने मूल्याङ्कनकर्ता र बैंकका कर्मचारीहरूको मिलेमतोको आशङ्कामा थप सुक्ष्म अनुसन्धान अघि बढाएको छ।

     

     

    प्रकाशित मिति :जेठ २० २०८३ बुधवार - १७:२३:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij