Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ६ वटा उपसमिति गठन

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ६ वटा उपसमिति गठन


  • 778
    Shares

    शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ६ वटा उपसमिति गठन
    images

    काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ६ वटा विभिन्न उपसमितिहरु गठन गरिएको छ ।
     
    बुधवार सिंहदरवारमा बसेको समितिको बैठकले समिति परामर्श तथा समन्वय उपसमिति,  स्वास्थ्य तथा खाद्य स्वच्छता अध्ययन उपसमिति, शिक्षा सम्बन्धि अध्ययन उपसमिति, विज्ञान, प्रविधि तथा नवप्रवद्र्धन अध्ययन उपसमिति, सूचना तथा सञ्चार अध्ययन उपसमिति र  खेलकुद अध्ययन उपसमिति गठन गरिएको हो । 

    जस अन्तर्गत समिति परामर्श तथा समन्वय उपसमितिमा सासदहरु डा। लेखजंग थापा,  पुकार बम,  प्रभा ढकाल,  सीता थपलिया,  रिङगला यादव, रमेशकुमार मल्ल, राधिका रम्तेल र महावीर पुन रहनु भएको भएको समितिकी सभापति डा। ओजश्वी शेरचनले जानकारी दिएकी छन् ।

    उनले भनिन्,‘ प्रतिनिधि सभा नियमावली अनुसार उपसमितिहरु गठन गरिएको हो । सबै उपसमिति समितिका सभापतिको मातहतमा रहनेछन् ।’

    त्यसैगरी स्वास्थ्य तथा खाद्य स्वच्छता अध्ययन उपसमितिमा कामिनी कुमारी, प्राडा चन्द्रमोहन यादव, डा। तोसिमा कार्की,  प्रभा ढकाल, रिङकगला यादव र लेखजंग थापा रहेका छन् ।  सांसदहरु गणेश पौडेल, गुरुप्रसाद बराल, जगतप्रसाद जोशी,  राधिका रम्तेल रमेशकुमार मल्ल शिक्षा सम्बन्धि अध्ययन उपसमितिमा ररेका छन् । त्यसैगरी  विज्ञान, प्रविधि तथा नवप्रवद्र्धन अध्ययन उपसमितिमा सांसदहरु कुशुम महर्जन,  झविलाल डुम्रे, पुकार बम, डा। प्रमिलाकुमारी गच्छदार र  महावीर पुन, सूचना तथा सञ्चार अध्ययन उपसमिति, खुशवु सरकार श्रेष्ठ, शम्भुकुमार यादव, रविन महतो,  विष्णुबहादुर खड्का र  हरिप्रसाद भुसाल रहेका छन् ।

    खेलकुद अध्ययन उपसमितिमा सांसदहरु अच्युतम लामिछाने,  चन्दनकुमार सिंह, भीमकुमारी बुढामगर, राजन गौतम, र  सिता थपलिया रहेको समितिका सचिव दशरथ धमलाले जानकारी दिएका छन् । उपसमितिको संयोजनको जिम्मेवारी सभापति स्वयमले गर्ने व्यवस्था रहेको समितिकी सभापति शेरचनले बताएकी छन् । 

     

    प्रकाशित मिति :जेठ २० २०८३ बुधवार - १६:५०:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij