२०८२ भाद्र २ गते सोमवार
भारतमा पछिल्लो २४ घण्टामा थप १ लाख २६ हजार ६ सय ९८ मा कोरोना संक्रमण पुष्टि भएको छ ।
भारतमा पछिल्लो २४ घण्टामा भारतमा २ हजार ७ सय ९५ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३ लाख ३१ हजार ८ सय ९५ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टाका २ लाख ५५ हजार २ सय ८७ लगायत भारतमा संक्रमणमुक्त हुनेको संख्या दुई करोड ५९ लाख ४७ हजार ६ सय २९ पुगेको छ ।
हाल भारतमा १८ लाख ९५ हजार ५ सय २० सक्रिय संक्रमित रहेका छन् । त्यसैगरी भारतमा हालसम्म २१ करोड ६० लाख ४६ हजार भन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् । एजेन्सी
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij