Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

४२ थान चोरीका मोबाइलसहित चार जना पक्राउ

४२ थान चोरीका मोबाइलसहित चार जना पक्राउ


  • 2.1K
    Shares

    ४२ थान चोरीका मोबाइलसहित चार जना पक्राउ
    images

    काठमाडौं । चोरीका मोबाइल किनबेच गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाको टोलीले ४२ थान मोबाइलसहित चार जनालाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेहरुमा रौतहटको गौर नगरपालिका-६ का २० वर्षीय रवीन्द्र पासवान, काठमाडौं चाबहिल बस्ने २५ वर्षीय सुजन बस्नेत, धादिङको धुनिबेशी नगरपालिका-६ घर भएका ३३ वर्षीय जनक लामा र सप्तरीको धनगढी नगरपालिका-१ घर भएका ३२ वर्षीय प्रमोद शाह रहेका छन् ।

    उनीहरुमध्ये पासवान र बस्नेत मोबाइल चोरी गर्ने व्यक्ति रहेको प्रहरीले बताएको छ । लामा चोरीको मोबाइल किन्ने मोबाइल पसल सञ्चालक हुन् । साह भने भन्सार छलीको मोबाइलको लक तोड्ने व्यक्ति रहेको प्रहरीले बताएको छ ।

    उनीहरुमाथि अनुसन्धान गर्दा मोबाइल चोरी गरेर लामालाई बेच्ने गरेको खुलेपछि प्रहरीले चोरीका ३५ थान मोबाइलसहित लामालाई पक्राउ गरेको हो ।

    विभिन्न कम्पनीमा ३५ थान मोबाइल चोरी तथा भन्सार छलेर भारतबाट ल्याएको खुलेको थियो । सोही पसलबाट अर्का व्यक्ति साहलाई पनि प्रहरीले पक्राउ गरेको थियो । भन्सार छलेर ल्याइएका विभिन्न कम्पनीका ७ थान मोबाइलको लक उनले गरेको र ती ७ थान मोबाइल समेत गरी ४२ थान मोबाइल बरामद गरिएको प्रहरीले बताएको छ ।  

     

    प्रकाशित मिति :जेठ २० २०८३ बुधवार - १५:३८:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij