२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज नेप्से परिसूचक २.६६ अंकले बढेर २,७८० को विन्दुमा कायम भएको छ ।
आज १४९ कम्पनीको शेयर मूल्य बढेको छ भने ११६ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३४७ कम्पनीको १ करोड ३५ लाख २१ हजार ६१९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ७३ करोड माथिको शेयर कारोबार भएको छ ।
जीवन बीमा १.७३, उत्पादन तथा प्रशोधन ०.४२, माइक्रोफाइनान्स ०.४५, होटल तथा पर्यटन ०.१८ तथा विकास बैंक ०.६६ प्रतिशत बढेको छ । अन्य समूह सबैभन्दा धेरै २.३६ प्रतिशत घटेको छ । त्यस्तै व्यापार ०.२४, लगानी ०.२०, जलविद्युत् ०.११, फाइनान्स १.१६ तथा बैंकिङ ०.१३ प्रतिशत घटेको छ।
कालिन्चोक हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १४.९९ प्रतिशत बढेको छ । त्यस्तै एसबीएल डिबेन्चर (२०८४) को मूल्य १४.९३ प्रतिशत बढेको छ । विजय लघुवित्तको ८.७३, सयपत्रि हाइड्रोपावरको ७.०५ तथा नेपाल इन्स्योरेन्सको ६.१७ प्रतिशत मूल्य बढेको छ ।
नेपाल पुनर्बीमाको मूल्य सबैभन्दा धेरै ५.१८ प्रतिशत घटेको छ । सेन्ट्रल फाइनान्सको ३.४८, हिमालयन रिइन्स्योरेन्सको ३.३९ तथा त्रिशूली जलविद्युतको मूल्य ३.३९ प्रतिशत घटेको छ । आज धेरै कारोबार भएका कम्पनीमा आँखुखोला जलविद्युत्, नेपाल पुनर्बीमा, रिडी पावर, नेपाल इन्स्योरेन्स र नेसनल हाइड्रोपावर छन् ।
आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४४ करोड २३ लाख रुपैयााको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको २१ करोड ८५ लाख रुपैयााको शेयर कारोबार भएको छ । रिडी पावरको २० करोड ४९ लाख रुपैयााको शेयर कारोबार भएको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij