Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली

जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली


  • 1.5K
    Shares

    जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    images

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं केपी शर्मा ओलीले जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि पार्टीको नेतृत्व गरिरहने र चुनौतीहरूको सामना गर्दै अगाडि बढ्ने दृढता व्यक्त गरेका छन् । 

    आफ्नो स्वास्थ्यमा पूर्ण सुधार आएको जानकारी दिँदै उनले पार्टीलाई सफलताको मार्गमा डोहो¥याएर मात्र विधिसम्मत ढंगले विश्राम लिने स्पष्ट पारेका छन् । अध्यक्ष ओलीले पार्टीभित्र अनुकूल परिस्थितिमा उत्साहित हुने र प्रतिकूल समयमा जिम्मेवारीबाट पन्छिने प्रवृत्तिको आलोचना गरेका छन् ।

    विगत केही समयदेखि स्वास्थ्यका कारण कार्यकर्ता र जनताको बीचमा सघन रूपमा पुग्न नसकेको स्वीकार गर्दै उनले अब आफू पूर्ण स्वस्थ भएको र सक्रिय रूपमा सार्वजनिक गतिविधिमा फर्कने बताएका छन् । आफ्नो नेतृत्वको विषयमा चर्चा गर्दै ओलीले महाधिवेशनले आफूलाई प्रधानमन्त्री बन्नका लागि मात्र नभई संघर्षको नेतृत्व गर्न अध्यक्ष चुनेको स्मरण गराएका छन् । उनले कतिपयले आफ्नो मृत्युको समेत कामना गरेको उल्लेख गर्दै अहिले आफू दृढ संकल्पका साथ देश र आन्दोलनको रक्षाका लागि उभिएको बताएका छन् । उनले पार्टीलाई बलियो बनाएर विधि र प्रक्रियाअनुसार आफू विश्राम गर्ने स्पष्ट पारेका छन् । 

    उनले भनेयो, ‘सजिलो प¥यो भने, अनुकूल वातावरण बन्यो भने, प्रधानमन्त्री बन्न पाइने भयो भने कसिएर अगाडि बढ्ने र प्रधानमन्त्री बन्ने, अनि अप्ठ्यारो अवस्था आयो भने झोला फालेर भागिहाल्ने भनेर होइन। त्यसका निम्ति होइन । जस्तोसुकै परिस्थिति आए पनि संघर्षको नेतृत्व गर्नु, पार्टीको नेतृत्व गर्नु भनेको संघर्षको नेतृत्व गर्नु हो। अप्ठ्यारो अवस्था आएकै छ भने त्यसको सामना गर्नका लागि तयारी गर्नु भनेर मलाई अध्यक्ष छानिएको हो । त्यसकारण कमरेडहरूलाई कतै आशंका हुनसक्छ, मैले बीचैमा झोला फालेर अलपत्र छोडेर हिँड्ने हो कि भन्ने । त्यो आशंका मनमा नलिनु होला । म अप्ठ्यारा परिस्थितिसँग जुधेर पार्टीलाई अगाडि बढाउनेछु, पार्टीलाई सफलतामा पु¥याउनेछु।

    प्रकाशित मिति :जेठ २० २०८३ बुधवार - १५:२२:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij