Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता

रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता


  • 911
    Shares

    रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता
    images

    काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता भएको छ । पाँच दिने औपचारिक भारत भ्रमणमा रहेका रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच बुधबार नयाँ दिल्लीमा महत्त्वपूर्ण भेटवार्ता भएको हो । 

    भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत सभापति लामिछानेसँग भेटवार्ता भएको जानकारी दिएका छन् । 
    भेटघाटका क्रममा नेपाल-भारत सम्बन्धका विविध पक्ष, आपसी हित, दुई देशबिचको सहकार्य र राजनीतिक कूटनीतिलाई थप सुदृढ बनाउने विषयमा फलदायी छलफल भएको छ। 

    भारतीय जनता पार्टी ९भाजपा० का राष्ट्रिय अध्यक्ष नीतिन नवीनको विशेष निमन्त्रणामा सोमबार दिल्ली पुगेका लामिछानेले यसअघि मंगलबार भाजपा मुख्यालयको भ्रमण गर्नुका साथै भारतीय विदेशमन्त्री एस। जयशंकर र गृहमन्त्री अमित साहसँग पनि उच्चस्तरीय भेटवार्ता गरेका थिए ।

    प्रकाशित मिति :जेठ २० २०८३ बुधवार - १४:१२:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij