Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

विपक्षीको अवरोधका कारण राष्ट्रिय सभा बैठक जेठ २६ गतेसम्म स्थगित

विपक्षीको अवरोधका कारण राष्ट्रिय सभा बैठक जेठ २६ गतेसम्म स्थगित


  • 869
    Shares

    विपक्षीको अवरोधका कारण राष्ट्रिय सभा बैठक जेठ २६ गतेसम्म स्थगित
    images

    काठमाडौं । विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभा बैठकमा बोलेको अभिव्यक्ति फिर्ता लिनुपर्ने माग राख्दै विरोध गरेपछि राष्ट्रिय सभाको बैठक कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको छ । 

    राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पटक पटक आ-आफ्नो आसनमा बस्न आग्रह गरेपनि सांसदहरूले नमानेपछि बैठक जेठ २६ गतेसम्मका लागि स्थगित गरेका हुन् ।

    राष्ट्रिय सभाको सोमबार र मंगलबारको बैठक पनि विपक्षीको अवरोधका कारण कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको थियो । 

    प्रधानमन्त्री शाहले जेठ १७ गतेको प्रतिनिधि सभा बैठकमा सांसदहरूसँगको प्रश्नोत्तरमा सांसदका प्रश्नको जवाफ दिने बेलामा नेपालले पनि भारतको सिमा मिचेको बताएका थिए ।    

     

    प्रकाशित मिति :जेठ २० २०८३ बुधवार - १३:३८:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij