२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो राज्य राज्य होइन, पूर्वाग्रहको पोको भएको जिकिर गरेका छन् ।
उनले वर्तमान सरकारले नयाँ र सेनाको सम्पत्ति छानबिन नगर्ने नीति लिएको भन्दै खाली आफू र पुराना पार्टीका मान्छेहरुलाई मात्रै फसाउन लागिपरेको बताएका छन् ।
बुधबार आयोजित कार्यक्रममा बोल्दै उनले सम्पत्ति छानबिन आयोग बनाएर राज्यले छानिछानि फसाउन खोजेको बताए । यस्ता अयोगलाई आफूले नमान्ने र बयान पनि नदिने बताए ।
उनले भने, ‘अरुले बयान दिएपनि मचाहिँ बयान दिन्नँ । सम्पत्ति विवरण भरेर म पठाउँदिनँ, जेजे गर्न सक्छ गरोस् । यो राज्य राज्य होइन। यो पूर्वाग्रहको पोको हो,’।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij