Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

यार्सागुम्बासहित चार जना पक्राउ

यार्सागुम्बासहित चार जना पक्राउ


  • 1.6K
    Shares

    यार्सागुम्बासहित चार जना पक्राउ
    images

    काठमाडौं । तेह्रथुममा यार्सागुम्बासहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा संखुवासभाको मादी नगरपालिका-९ का जीवन लिम्बु, कर्णबहादुर लिम्बु, बादल लिम्बु र हर्कबहादुर श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार म्याङ्लुङ नगरपालिका-६ मा रहेको भुसीने जिपटारे सामुदायिक वन क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

    पक्राउ परेका व्यक्तिहरूको साथबाट १३ थान यार्सागुम्बा तथा ९ वटा मोटरसाइकल बरामद गरेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

    बरामद सामग्रीसहित पक्राउ परेकाहरूलाई आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय तेह्रथुममा बुझाइएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

     

    प्रकाशित मिति :जेठ २० २०८३ बुधवार - १२:५७:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij