२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । राष्ट्रियसभा बैठकमा विपक्षी दलहरूले अवरोध गर्ने भएका छन् ।
सोमबार र मंगलबारको बैठकमा अवरोध गरेर कार्यसूचीमा प्रवेश गर्न नदिएका विपक्षी दलहरूले आजको बैठक पनि अवरोध गर्ने तयारी गरेका हुन् । राष्ट्रियसभामा कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी सहितले अवरोध गर्न लागेका छन् ।
नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रञ्जित कर्णले प्रधानमन्त्री वालेन्द्र शाहले जेठ १७ गते प्रतिनिधि सभामा नेपालले भारतको भूमि अतिक्रमण गरेको भन्दै दिएको अभिव्यक्ति राष्ट्रघाती रहेकाले माफी माग्नु पर्ने माग राख्दै अवरोधको तयारी आफूहरूले गरेको जानकारी दिएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij