Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

काठमाडौंको चक्रपथमा गुड्न थाले १६ नयाँ विद्युतीय बस

काठमाडौंको चक्रपथमा गुड्न थाले १६ नयाँ विद्युतीय बस


  • 953
    Shares

    काठमाडौंको चक्रपथमा गुड्न थाले १६ नयाँ विद्युतीय बस
    images

    काठमाडौं । काठमाडौं उपत्यकाको सार्वजनिक यातायातलाई थप सहज र वातावरणमैत्री बनाउने उद्देश्यका साथ चक्रपथमा नयाँ विद्युतीय बसहरू सञ्चालनमा आएका छन्। महानगर यातायात प्रा.लि.ले बुधवारदेखि १६ वटा नयाँ विद्युतीय बसहरू सञ्चालनमा ल्याएर आफ्नो सेवा विस्तार गरेको हो।यी अत्याधुनिक बसहरू शशिला मोटर्स प्रा.लि.ले चीनबाट आयात गरेको हो। 

    ३३ सिट क्षमताका यी बसहरू उभिएर यात्रा गर्ने यात्रुहरूका लागि समेत सहज हुने गरी विशेष डिजाइन गरिएका छन्, जसमा एकै पटक करिब ७० जना यात्रुले यात्रा गर्न सक्ने बताइएको छ।शशिला मोटर्सका अनुसार, यी बसहरूमा १४४ किलोवाट क्षमताको 'सीएटीएल' (CATL) ब्याट्री प्रयोग गरिएको छ। यो बस एक पटक फूल चार्ज गर्दा २०० किलोमिटरसम्म गुड्न सक्छ। 

    अत्याधुनिक, सुविधासम्पन्न र आरामदायी सिटका साथै यात्रु सुरक्षाका सम्पूर्ण प्रबन्ध मिलाइएका यी बसहरूको बजार मूल्य प्रतिबस १ करोड ३१ लाख ९० हजार रुपैयाँ रहेको छ। महानगर यातायात प्रा.लि.ले यसअघि गत वर्षको असार महिनामा पनि १२ वटा विद्युतीय बसहरू काठमाडौंको चक्रपथभित्र सफलतापूर्वक सञ्चालनमा ल्याइसकेको छ। यो नयाँ विस्तारसँगै चक्रपथमा विद्युतीय सार्वजनिक यातायातको पहुँच थप बलियो बनेको छ।

    महानगर यातायात प्रालिले गत वर्ष असारमा १२ वटा विद्युतीय बसहरु काठमाडौंको चक्रपथभित्र सञ्चालन गरेको थियो ।

     

    प्रकाशित मिति :जेठ २० २०८३ बुधवार - ११:२४:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij