Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

महोत्तरीमा डाँका समूहको गोली प्रहारबाट पति–पत्नी गम्भीर घाइते

महोत्तरीमा डाँका समूहको गोली प्रहारबाट पति–पत्नी गम्भीर घाइते


  • 708
    Shares

    महोत्तरीमा डाँका समूहको गोली प्रहारबाट पति–पत्नी गम्भीर घाइते
    images

    काठमाडौं । महोत्तरीमा डाँका समूहको गोली प्रहारबाट पति र पत्नी गम्भीर घाइते भएका छन्। गएराति महोत्तरीको सोनमा गाउँपालिका-३ खखना निवासी राम विश्वास यादवको घरमा आएका डाँकाहरूले चलाएको गोली लागेर उनका छोरी र ज्वाइँ गम्भीर घाइते भएका हुन्।

    जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) पञ्चलाल गोलेका अनुसार डाँकाको गोली प्रहारबाट रामविश्वासका ज्वाइँ २७ वर्षीय ईश्वर यादव र छोरी २२ वर्षीया किरण यादव घाइते भएका छन्।

    डाँका समूहले घरभित्र प्रवेश गरी लुटपाट गर्न खोज्दा परिवारका सदस्यहरूले प्रतिवाद गरेका थिए। सोही क्रममा डाँकाहरूले उनीहरूमाथि गोली प्रहार गरेका हुन्। गोली लागेर गम्भीर घाइते भएका दुवै जनाको अहिले जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

    घटना मंगलबार राति घटेको भए पनि प्रहरीले बुधबार बिहान मात्र यसबारे जानकारी पाएको थियो। जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरिसकेको छ। घटनास्थलबाट प्रहरीले एक थान गोलीको खोका समेत बरामद गरेको छ। 

    घटनामा संलग्न व्यक्तिहरूको पहिचान खुलाउने प्रयास भइरहेको र उनीहरूको खोजी कार्य तीव्र पारिएको डीएसपी गोलेले जानकारी दिएका छन्।  

    प्रकाशित मिति :जेठ २० २०८३ बुधवार - ११:०२:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij