Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

महोत्तरीमा बालक अपहरण गर्न खोज्ने पक्राउ

महोत्तरीमा बालक अपहरण गर्न खोज्ने पक्राउ


  • 1.0K
    Shares

    महोत्तरीमा बालक अपहरण गर्न खोज्ने पक्राउ
    images

    काठमाडौं । जिल्ला प्रहरी कार्यालय महोत्तरीले बालक अपहरण सम्बन्धी कसूर मुद्दाका एक फरार प्रतिवादीलाई रौतहटबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहट जिल्लाको वर्ष २३ को नवराज अधिकारी रहेको प्रहरीले जनाएको छ।

    गत वैशाख ७ गते दिउँसो अज्ञात मानिसले नम्बर नखुलेको मोटरसाइकलमा एक ८ वर्षीय बालकलाई राखेर अपहरण गरी लैजाँदै गरेका थिए। त्यस क्रममा बालक चिच्याएर कराएपछि स्थानीय बासिन्दाले देखेर उक्त मोटरसाइकललाई रोक्ने प्रयास गरेका थिए। स्थानीयले रोक्न खोजेपछि अपहरणकारीहरू बालकलाई सोही स्थानमा छाडेर फरार भएका थिए।

    प्रहरीले अनुसन्धानका क्रममा वारदातमा प्रयोग भएको ना ६४ प ७९९० नम्बरको मोटरसाइकल समेत बरामद गरेको थियो। उक्त घटनामा संलग्न प्रतिवादीहरूमध्येका अधिकारीलाई गत जेठ १५ महोत्तरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

    महोत्तरीका प्रहरी प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक पन्च लाल गोलेका अनुसार पक्राउ परेका अधिकारीमाथि थप अनुसन्धानका लागि महोत्तरी जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरिएको छ र घटनाका सम्बन्धमा अन्य आवश्यक अनुसन्धान कार्य भइरहेको छ।     

    प्रकाशित मिति :जेठ २० २०८३ बुधवार - १०:३०:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij