Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

तराईमा ‘तातो दिन’: ४० डिग्री पुग्दै तापक्रम

तराईमा ‘तातो दिन’: ४० डिग्री पुग्दै तापक्रम


  • 1.1K
    Shares

    तराईमा ‘तातो दिन’: ४० डिग्री पुग्दै तापक्रम
    images

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले जारी गरेको बुधबारको मौसम पूर्वानुमान अनुसार देशभरको मौसममा निकै भिन्नता देखिने भएको छ ।   

    आज दिउँसो तराईका अधिकांश भूभागमा अत्यधिक गर्मी भई उखरमाउलो महसुस हुनेछ भने पहाडी तथा हिमाली क्षेत्रका धेरैजसो सहरहरुमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ ।

    पूर्वानुमान अनुसार आज तराईका सहरहरुमा तापक्रम उच्च रहनेछ । भैरहवामा आजको अधिकतम तापक्रम देशकै सबैभन्दा बढी ३८ देखि ४० डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ, यद्यपि त्यहाँको आकाशमा आंशिक बादल लाग्नेछ ।

    यसैगरी, धनगढी र जनकपुरको अधिकतम तापक्रम ३७ देखि ३९ डिग्री सेल्सियससम्म पुग्नेछ भने नेपालगञ्ज, सिमरा र विराटनगरको तापक्रम ३६ देखि ३८ डिग्री सेल्सियस रहनेछ । मौसम पूर्वानुमान विवरणमा अत्यधिक गर्मी हुने यी सहरहरुलाई विशेष गरी ‘तातो दिन’ को रुपमा उल्लेख गरिएको छ ।

    यता, पहाडी र हिमाली भेगका सहरहरुमा भने आज दिउँसो मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । डडेलधुरा, दिपायल, वीरेन्द्रनगर, जुम्ला, काठमाडौं, ओखलढुङ्गा, जोमसोम र जिरीमा हल्का वर्षा हुनेछ । पोखरा, धनकुटा र ताप्लेजुङमा भने मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

    वर्षाको सम्भावना ताप्लेजुङमा सबैभन्दा बढी ४० प्रतिशत छ भने अन्य पानी पर्ने सहरहरुमा २० देखि ३० प्रतिशतसम्म रहेको छ । सङ्घीय राजधानी काठमाडौँको अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियस रहने र २० प्रतिशत वर्षाको सम्भावना रहेको छ । दाङको घोराहीमा आंशिक बादल लाग्नेछ भने सुनसरीको धरानमा दिउँसो मौसम मुख्यतः सफा रहनेछ ।

    आज रातिको मौसम हेर्दा धेरैजसो तराईका सहरहरुमा आकाश मुख्यतः सफा रहनेछ वा आंशिक बादल लाग्नेछ । तर, जुम्ला, पोखरा, विराटनगर, जोमसोम, जिरी र ताप्लेजुङमा भने राति पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षा जारी रहने पूर्वानुमान छ ।

    रातिको समयमा जुम्ला र जोमसोमको न्यूनतम तापक्रम सबैभन्दा कम ९ देखि ११ डिग्री सेल्सियससम्म झर्नेछ भने रातिको समयमा पनि भैरहवा, विराटनगर लगायतका सहरहरुको तापक्रम २६ देखि २८ डिग्री सेल्सियसको हाराहारीमा रहनेछ जसले गर्दा रातमा पनि गर्मी महसुस हुनेछ ।

    garmi.jpg

     

    प्रकाशित मिति :जेठ २० २०८३ बुधवार - १०:२३:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij