२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । विशेष अदालतले मधेस प्रदेशका निलम्बित प्रदेशसभा सदस्य सरोज कुमार सिंहलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै कैद र जरिवाना हुने फैसला सुनाएको छ ।
मङ्गलबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले सिंहलाई ४ वर्ष १ महिना कैद र ३८ लाख ५० हजार १३९ रुपैयाँ जरिवाना हुने फैसला सुनाएको छ ।
अदालतले ‘अपराध पीडित संरक्षण ऐन, २०७५’ बमोजिम सिंहबाट १ लाख ५४ हजार ५ रुपैयाँ ५६ पैसा क्षतिपूर्ति शुल्क असुल गरी ‘पीडित राहत कोष’ मा जम्मा गर्न समेत आदेश दिएको छ । साथै सिंहले घुस बापत लिएको ३८ लाख ५० हजार १३९ रुपैयाँ सरकारी कोषमा जफत गर्न भनेको छ।
महोत्तरी क्षेत्र नं. ४ ‘ख’ बाट निर्वाचित प्रदेशसभा सदस्य सिंहले विभिन्न उपभोक्ता समितिहरूबाट ‘घुस कमिसन’ बापत कुल ३८ लाख ५० हजार १३९ रुपैयाँ लिएको पुष्टि भएको अदालतले जनाएको छ ।


© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij