Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

वीरगन्जका मेयर राजेशमान सिंहलाई धरौटीमा छाड्न आदेश

वीरगन्जका मेयर राजेशमान सिंहलाई धरौटीमा छाड्न आदेश


  • 918
    Shares

    वीरगन्जका मेयर राजेशमान सिंहलाई धरौटीमा छाड्न आदेश
    images

    काठमाडौं । जिल्ला अदालत पर्साले वीरगन्जका मेयर राजेशमान सिंहलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। जिल्ला अदालत पर्साले मंगलबार उनलाई ४ लाख १५ हजार धरौटीमा छाड्न आदेश दिएको हो ।

    जिल्ला अदालतका स्रेस्तेदार प्रभाकर मल्लिकले मुख्य न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले मेयर सिंहलाई ४ लाख १५ हजार धरौटी माग गरेको जानकारी दिएका छन् । उनका अनुसार लिखत सम्बन्धी कसुरमा ४ लाख र झुटा विवरण पेश गरी नागरिकता बनाएको आरोपमा १५ हजार धरौटी माग आदेश गरिएको छ ।

    लिखत सम्बन्धी कसुर गरेको आरोपमा जिल्ला अदालत पर्साले गएको १२ गते उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएपछि त्यसको भोलीपल्ट मेयर सिंह अदालतमा पुगेका थिए ।   

    प्रकाशित मिति :जेठ १९ २०८३ मंगलवार - १६:१६:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij