२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन शाहले संसद्को रोस्टममा उभिएर दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति शान्तिवाटिकामा खबरदारी कार्यक्रम गरेको छ ।
प्रधानमन्त्री शाहले प्रतिनिधि सभामा ‘नेपालले पनि भारतको भूमि धेरै ठाउँमा मिचेको छ’ भनी दिएको अभिव्यक्ति तथ्यहीन र गैरजिम्मेवारपूर्ण रहेको श्रम संस्कृति पार्टीको ठहर छ। सीमा अतिक्रमणबारे प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालीको शिर झुकाएको भन्दै सो अभिव्यक्ति फिर्ता लिन उनीहरुले माग गरेका छन् ।
उनीहरुले सहकारी ठगी प्रकरणमा फरार रहेका जीवी राईलाई तत्काल पक्राउ गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।




© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij