Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

बजेटमाथि छलफल गर्ने संसदको कार्यसूची, संसद चल्न नदिने विपक्षीको रणनीति

बजेटमाथि छलफल गर्ने संसदको कार्यसूची, संसद चल्न नदिने विपक्षीको रणनीति


  • 855
    Shares

    बजेटमाथि छलफल गर्ने संसदको कार्यसूची, संसद चल्न नदिने विपक्षीको रणनीति
    images

    काठमाडौं । प्रतिनिधि सभा बैठक आज (सोमबार) पनि बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा सभामुख डोलप्रसाद आर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची छ । 

    त्यसैगरी, अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आव २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत कार्यसूची छ । 

    बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गर्ने बताइएको छ । नेपाल-भारत सीमाका सम्बन्धमा प्रधानमन्त्री बालेन्द्र शाहले दिएको विवादित अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म सदन अवरोध कायमै राख्ने विपक्षी दलहरूको तयारी छ । 

    प्रकाशित मिति :जेठ १९ २०८३ मंगलवार - ११:५५:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij