Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

३३ जना एसएसपीको सरुवा, काठमाडौं र ललितपुरका प्रहरी प्रमुख फेरिए (सूचीसहित)

३३ जना एसएसपीको सरुवा, काठमाडौं र ललितपुरका प्रहरी प्रमुख फेरिए (सूचीसहित)


  • 2.9K
    Shares

    ३३ जना एसएसपीको सरुवा, काठमाडौं र ललितपुरका प्रहरी प्रमुख फेरिए (सूचीसहित)
    images

    काठमाडौं । नेपाल प्रहरीका ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको सरुवा गरिएको छ। प्रधानमन्त्री तथा गृहमन्त्री बालेन्द्र शाहको निर्णयअनुसार भएको सरुवामा काठमाडौं र ललितपुरका प्रहरी प्रमुख समेत परिवर्तन भएका छन् ।

    जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखमा दिलिप घिमिरेलाई खटाइएको छ भने हालका प्रमुख रमेश थापाको प्रहरी प्रधान कार्यालयमा सरुवा भएको छ । यस्तै, जिल्ला प्रहरी परिसर ललितपुरको नेतृत्व तुलबहादुर कार्कीले सम्हाल्ने भएका छन् भने होबिन्द्र बोगटी ट्राफिक व्यवस्थापन महाशाखामा सरुवा भएका छन् ।

    सरुवाअन्तर्गत सुवासचन्द्र बोहरा लागुऔषध नियन्त्रण ब्यूरोको प्रमुख बनेका छन् । शान्तिराज कोइराला उपत्यका ट्राफिक प्रहरी कार्यालयमा, नकुल पोखरेल मानव बेचबिखन ब्यूरोमा तथा नवराज अधिकारी साइबर ब्यूरोमा काज सरुवा भएका छन् । प्रहरी प्रधान कार्यालयले अन्य प्रदेश, तालिम केन्द्र तथा विभिन्न ब्यूरोमा समेत एसएसपीहरूको जिम्मेवारी हेरफेर गरेको जनाएको छ ।

    a1.jpga2.jpga3.jpga4.jpga5.jpga6.jpg

     

    प्रकाशित मिति :जेठ १९ २०८३ मंगलवार - ०५:३२:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij