२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । अमेरिकी उपविदेशमन्त्री सारा बी.रोजर्सले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । उपविदेशमन्त्री रोजर्सले आज परराष्ट्र मन्त्रालयमा मन्त्री खनालसँग शिष्टाचार भेटवार्ता गरेकी हुन् ।
भेटमा नेपाल-अमेरिका सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। विशेष गरी लगानी, व्यापार, संस्कृति तथा पर्यटनका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा दुवै पक्षबिच विचार आदान प्रदान भएको थियो।
भेटवार्तामा दशकौँदेखि रहँदै आएको नेपाल-अमेरिका मैत्रीपूर्ण सम्बन्धलाई थप उचाइमा पुर्याउने तथा आर्थिक र जनस्तरीय सम्बन्धलाई मजबुत बनाउने विषयमा समेत छलफल केन्द्रित रहेको बताइएको छ।
उपविदेशमन्त्री रोजर्स हाल दक्षिण तथा मध्य एसियाली भ्रमणका क्रममा नेपाल आएकी हुन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij