Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

घट्यो शेयर बजार, २३३ कम्पनीको शेयरमा गिरावट

घट्यो शेयर बजार, २३३ कम्पनीको शेयरमा गिरावट


  • 2.1K
    Shares

    घट्यो शेयर बजार, २३३ कम्पनीको शेयरमा गिरावट
    images

    काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार शेयरमा  बजार दोहोरो अंकले गिरावट आएको छ । आज नेप्से परिसूचक २६.७२ अंकले घटेर २,७५५ को विन्दुमा कायम भएको छ । 

    आज ३५ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने २३३ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३४९ कम्पनीको १ करोड ३३ लाख ८३ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६१ करोड माथिको शेयर कारोबार भएको छ । 

    बैंकिङ ०.९९, विकास बैंक ०.८१, फाइनान्स ०.५०, होटल तथा पर्यटन १.४०, जलविद्युत् १.९७, लगानी १.२२, जीवन बीमा ०.७९, उत्पादन तथा प्रशोधन १.४२, माइक्रोफाइनान्स ०.९० प्रतिशत घटेको छ ।

    नेपाल पुनर्बीमाका अलवा मूल्य धेरै बढ्नेमा कालिन्चोक हाइड्रोको १५ प्रतिशत तथा सेन्ट्रल फाइनान्सको ५.७६ प्रतिशत बढेको छ । त्यस्तै बुंगल हाइड्रोको मूल्य १३.२० प्रतिशत, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ६.९५ प्रतिशत घटेको छ ।

    आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४३ करोड ४ लाख रुपैयााको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ३७ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २५ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको १७ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    nepse1.JPG

    प्रकाशित मिति :जेठ १८ २०८३ सोमवार - १५:३०:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij