Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि आशिकाको प्रश्न

प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि आशिकाको प्रश्न


  • 974
    Shares

    प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि आशिकाको प्रश्न
    images

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा नेपाल-भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्तिप्रति सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कै सांसदले प्रश्न उठाएका छन् । 

    प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद आशिका तामाङले नेपालले भारतको भूमि अतिक्रमण गरेको भए त्यससम्बन्धी तथ्य र प्रमाण सार्वजनिक गर्न माग गरेकी हुन् । 

    सोमबार सामाजिक सञ्जालमार्फत उनले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै भनेकी छन्, ‘प्रधानमन्त्रीज्यू, नेपालले भारतको कुन–कुन भूभाग अतिक्रमण गरेको छ, त्यससम्बन्धी तथ्य र प्रमाण सार्वजनिक गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु। किनकि आजसम्म म लगायत अधिकांश नेपालीले भारतले नेपालको भूमि अतिक्रमण गरेको भन्ने तथ्य मात्र सुन्दै र बुझ्दै आएका थियौँ । तर प्रतिनिधिसभामा यहाँले व्यक्त गर्नुभएको धारणापछि नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको रहेछ भन्ने बुझ्नुपर्ने अवस्था सिर्जना भएको छ।’

     

    प्रकाशित मिति :जेठ १८ २०८३ सोमवार - १३:५६:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij