Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

संसद अवरुद्ध गरेर प्रधानमन्त्रीको स्पष्टीकरण माग्ने विपक्षी दलहरूको निर्णय

संसद अवरुद्ध गरेर प्रधानमन्त्रीको स्पष्टीकरण माग्ने विपक्षी दलहरूको निर्णय


  • 883
    Shares

    संसद अवरुद्ध गरेर प्रधानमन्त्रीको स्पष्टीकरण माग्ने विपक्षी दलहरूको निर्णय
    images

    काठमाडौं । विपक्षी दलहरूले प्रतिनिधिसभा बैठक सोमबार पनि अवरोध गर्ने भएका छन् ।

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको बैठकले प्रतिनिधि सभा बैठकमा बेल घेर्ने निर्णय गरेको हो । 

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, विपक्षी दलहरू नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको बैठकले आइतबारको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको सीमा मिचेको भन्दै दिएको अभिव्यक्तिबारे प्रष्टीकरण माग्दै बेल घेर्ने निर्णय गरेको बैठकमा सहभागी कांग्रेस सांसद उर्मिला थपलिया ‘सिता’ले जानकारी दिइन् । 

    विपक्षीहरूले यो अधिवेशन सुरु भएदेखि प्रतिनिधि सभा बैठकमा अवरोध पुर्‍याउँदै आएका छन् ।

    प्रकाशित मिति :जेठ १८ २०८३ सोमवार - १३:२७:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij