Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

नेपाल-भारत सीमा विवादबारे प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेकपा

नेपाल-भारत सीमा विवादबारे प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेकपा


  • 1.6K
    Shares

    नेपाल-भारत सीमा विवादबारे प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेकपा
    images

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा नेपाल-भारत सीमा सम्बन्धमा व्यक्त गरेको अभिव्यक्तिप्रति नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का आपत्ति जनाएको छ। 

    नेकपाले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले गैरजिम्मेवारपूर्ण, राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डता विपरीत अभिव्यक्ति दिएको बताएको हो । 

    विज्ञप्तिमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय सीमामा हुने जमिन अतिक्रमण र सीमा क्षेत्रमा हुने जग्गाको भोग चलन वा अदलबदल दुई फरक विषय हुन् । कुनै पनि देशले अर्को देशको स्वामित्वमा रहेको भ-भागमा आपसी सहमति वा कानुनी अधिकारबिना अनधिकृत रूपमा भौतिक कब्जा जमाउने, संरचना निर्माण गर्ने वा सीमा विस्तार गर्ने कार्यलाई ‘अतिक्रमण’ भनिन्छ। भारतले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्रमा एकतर्फी रूपमा गर्दै आएको अतिक्रमणको ऐतिहासिक तथ्यलाई तोडमोड गरी नेपालले समेत भारतको जमिन कब्जा गरेको भन्नु गम्भीर राष्ट्रघात हो’।

    705919473_1252651173612632_222702057803388821_n_FNrSd58kcA.png

    प्रकाशित मिति :जेठ १८ २०८३ सोमवार - १२:३०:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij