Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

रवि लामिछाने आज नयाँ दिल्ली जाँदै, सरकारले दियो भारत भ्रमणको अनुमति

रवि लामिछाने आज नयाँ दिल्ली जाँदै, सरकारले दियो भारत भ्रमणको अनुमति


  • 1.2K
    Shares

    रवि लामिछाने आज नयाँ दिल्ली जाँदै, सरकारले दियो भारत भ्रमणको अनुमति
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति  रवि लामिछाने भारत भ्रमण सचिवालय बैठकले स्वीकृत गरेको छ । बिहान बसेको भर्चुअल बैठकले लामिछानेको भारत भ्रमण स्वीकृत गरेको हो ।

    बैठकमा लामिछानेले भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनले पहिल्यै भ्रमणको निम्तो दिएको जानकारी गराएका थिए । लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा सहमहामन्त्री विपिन कुमार आचार्य, सचिवालय सदस्य दीपक बोहोरा, श्रीमती निकिता पौडेल र प्रदीप आचार्य समावेश हुनेछन् । 

    प्रतिनिधिमण्डल दिउँसो १ बजे नयाँ दिल्ली प्रस्थान गर्ने भएका छन् । पाँच दिने भ्रमणका क्रममा लामिछानेले नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक र कूटनीतिक बैठकहरूमा भाग लिने प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । 

     

    प्रकाशित मिति :जेठ १८ २०८३ सोमवार - १२:१४:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij